नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबलका लागि पहल गर्ने रुसी राजदूतको प्रतिबद्धता

Read Time:2 मिनेट

नेपालका लागि रुसी राजदूत ए. ए. नोभिकोभले नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबल आयोजनाको पहल गर्ने बताएका छन्। अखिल नेपाल फटबल संघ (एन्फा) अध्यक्ष कर्माछिरिङ शेर्पासँगको भेटमा राजदूत नोभिकोभले कोरोना महामारीपछि नेपाल र रुसबीच मैत्रीपूर्ण फुटबलका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका हुन्।

रुसी राजदूतसँगको भेटमा एन्फा अध्यक्ष शेर्पासँगै पुरुष फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी र राष्ट्रिय टिमका कार्यकारी व्यवस्थापक मधुसुदन उपाध्याय पनि उपस्थित थिए।

राजदूत नोभिकोभसँगकाे भेटमा रुसकाे राष्ट्रिय टिमसँग सम्भव नभए राष्ट्रिय टिमका केही खेलाडीसहित रुसका व्यावसायिक क्लब र नेपालबीच मैत्रीपूर्ण फुटबल गराउने विषयमा छलफल भएको व्यवस्थापक उपाध्यायले बताए। उनले पुरुष, महिला तथा युवालगायत सबै समूहमा रुस र नेपालबीच मैत्रीपूर्ण खेल खेलाउने विषयमा पनि छलफल भएको पनि जानकारी दिए।

यसैगरी सो भेटमा नेपाल र रुसबीचको खेल तथा अन्य द्विपक्षीय सम्बन्धका बारेमा छलफल भएको थियो । फुटबलसहित अन्य टिम गेमका क्षेत्रमा सहकार्य गर्ने विषयमा पनि छलफल भएको थियो।

छलफलका क्रममा राजदूत नोभिकोभले नेपालको खेल तथा नेपाली खेलाडी प्रदर्शनको स्तरवृद्धि हुँदै गएको बताएको उपाध्यायले जानकारी दिए। भेटमा रुसी राजदूत नोभिकोभले आसन्न साफ च्याम्पियन्सिपका लागि नेपाली टिमलाई शुभकामना पनि दिएका थिए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post श्रीलंकन बलर धमिकाले इपिएल खेल्ने
Next post रोहित शर्माको शतकमा भारतलाई १७१को अग्रता
Close