‘भारतले हाम्रो फुटबलको स्तर देखाइदियो’

Read Time:2 मिनेट

करिब दुईसाता अघि उपाधि जित्ने लक्ष्यसहित भारतको भुवनेश्व पुगेको नेपाली युवा फुबटल टिम रित्तो हात घर फर्किएको छ। नेपाली टिम बिहीबार अपरान्ह स्वदेश फर्किएको हो।

यू–२० साफ च्याम्पियनसिपमा सुरुआती दुई खेल फराकिलो अन्तरले जितेको नेपाली टिम तेस्रो खेलमा भारतसँग ८–०को हार बेहोर्न बाध्य भएपछि फाइलन पुग्न पनि असफल भयो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कुराकानी गर्दै मुख्य प्रशिक्षक मेघराज केसीले भारतले नेपाली फुबटलको स्तर देखाइदिएको प्रतिक्रिया दिएका छन्। उनले भने, ‘पहिलो र दोस्रो खेल जितेर नेपाली फुटबल कमजोर छैन भन्ने छवि बनाएको हामीलाई तेस्रो खेलमा भारतले स्तर देखाइदियो ।’

‘नेपाली फुटबलमा अझै पनि मिहिनेत र लगानी पुगेको छैन,’ प्रशिक्षक केसीले भने, ‘आजको दिनमा भारतले साफलाई आफ्नो स्तर नै मान्दैन । भारतले धेरै माथिको स्तर बनाइसकेको छ, यो सत्य हो ।’

भारतको रणनीति बुझ्न नसक्दा प्रतियोगितामा असफल भएको बताएका छन्। प्रशिक्षक केसीले भारतले लुकाएर राखेका खेलाडीको क्षमताबारे पूर्वजानकारी नहुनु नेपालको फराकिलो हारको मुख्य कारण भएको पनि औैल्याए। रहेका उनले बताए ।

रशिक्षक मेघराज केसीले यो हारले नेपाललाई आफ्नो स्तर थाहा पाउन सजिलो भएको पनि बताए। उनले दक्षिण एसियामा भारतको स्तर निकै माथि पुगेको बताए ।

भगवान भरोसाले मात्रै नेपाली फुटबल स्तर वृद्धि नहुने केसीले तर्क गरे। उनले फुटबल हरेक दिन आधुनिक र स्तरीय भएको बताउँदै हामीले त्यो रुपलाई अवलम्बन गर्न सकेको बताए।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post स्वदेश फर्कियो यू–२० टिम
Next post एन्फा अध्यक्ष भन्छन्– अहिले तयारीमा चुक्यौं, अर्काे पटक राम्रो तयारी गरेर भारतलाई हराउँछौं
Close