सागका लागि पुरुष फुटबल टिमको घोषणा

काठमाडौं र पोखरामा संयुक्त रुपमा अयोजना हुन लागेको १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)का लागि नेपाली राष्ट्रिय फुटबल टिमको घोषणा भएको छ । प्रतियोगिताका लागि अखिल नेपाल फुटबल संघ (एन्फा)ले सोमबार २० सदस्सीय टिम घोषणा गरेको हो ।

सागमा यू–२३ टिम सहगभागी हुन् छन् । जसमा ३ सिनियर खेलाडीले खेल्न पाउने प्रावधान छ । पुरुष फुटबल दशरथ रंगशालामा मंसिर १५ गतेदेखि २४ गतेसम्म अयोजना हुने छ । नेपाल १२औं सागको स्वर्ण विजेता टिम हो ।

मुख्य प्रशिक्षक बालगोपल महर्जनले सिनियर खेलाडीहरु किपर विकेश कुथु, मिडफिल्डरद्वय सुजल श्रेष्ठ र विक्रम लामालाई १३औं सागका लागि २० सदस्यीय टिम तयार पारेका छन् । यी तिनै खेलाडी १२औं सागमा स्वर्ण जित्दा पनि टिममा थिए ।

सागका लागि घोषणा गरिएको नेपाली टिमको गोलकिपर विकेश कुथुसँगै यू–१९ टिमका अर्पण कार्की र दीप कार्की छन् भने डिफेनसमा अनन्त तामाङ, दिनेश राजवंशी, विकास खवास, सुमन अर्याल र छिरिङ गुरङ छन् ।

यसैगरी सागको टिममा मिडफिल्डको जिम्मा विक्रम लामा, मिक्चेन तामाङ, सुजल श्रेष्ठ, सुनिल बल, तेज तामाङ, सेसेहाङ आङदेम्बे, हेमन्त थापा मगर र नितिन थापाको काँधमा आएको छ । यस्तै, स्ट्राइकिङमा विमल घर्तिमगर, रेजिन सुब्बा, अभिषेक रिजाल र अन्जन विष्ट रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP