इन्टरलाई हराउँदै नापोली कोपा इटालियाको फाइनलमा, उपाधि भिडन्त युभेन्ट्सँग

नापोली इटालीको पुरानो फुटबल प्रतियोगित कोपा इटालियाको फाइनलमा प्रवेश गरेको छ । शनिबार भएको सेमिफाइनलको दोस्रो लेगमा इन्टर मिलानलाई बराबरीमा रोक्दै नापोली उपाधि नजिक पुगेको हो ।

घरेलु मैदानमा नापोलीले इन्टर मिलानसँग १–१ गोलको बराबरी खेलेको हो । यो बराबरीपछि नापोलीले इन्टरमाथि समग्रमा २–१को जित निकाल्यो । पहिलो लेग नापोलीले १–०ले जितेको थियो ।
पाँच पटकको च्याम्पियन नापोलीले अब उपाधिका लागि युभेन्ट्सँग खेल्ने छ । युभेन्ट्स एसी मिलानलाई हराउँदै फाइनल पुगेको हो । फाइनल १७ जुनमा हुने छ । नापोलीले पछिल्लो पटक सन् २०१४मा उपाधि जितेको थियो ।

शनिबार राति भएको खेलमा इन्टरले क्रिस्टियन इरिक्सनको गोलमा दोस्रो मिनेटमै अग्रता थियो । डेरिस मर्टिन्सले ४१औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । उनले लोरेन्जोको पासमा मार्टिन्सले गोल गरेका थिए । त्यसपछि खेलमा कुनै गोल नहुँदा नापोली विजयी भयो ।

यो गोलसँगै बेल्जियन खेलाडी मर्टिन्सले नापोलीमा गोलको नयाँ कीर्तिमान बनाए । उनी नापोलीका लागि सर्वाधिक गोल गर्ने विदेशी खेलाडी बनेका छन् । उनले १२२ गोल गर्दै मारिक हामिसकको कीर्तिनमा तोडे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP