क्लब फुटबलफुटबल

मेसी भन्छन्– तत्काल सन्न्यासको योजना छैन

अर्जेन्टिनी सुपरस्टार लियोनल मेसी करिअको उत्तराद्र्धतिर छन्। अमेरिकामा व्यवसायिक फुटबल खेलिरहेका ३६ वर्षीय मेसीले खेलजीवनको अन्तिम समय रमाएर बिताउन चाहेको बताएका छन् ।

केही समयअघि मात्र अमेरिकी क्लब इन्टर मियामीमा आबद्ध भएका मेसीले सन्न्यासको कुनै योजना नभएको बताए छन्। अमेरिकाामा उत्कृष्ट प्रदर्शनलार्इृ निरन्तरता दिएका उनले मियामीलाई क्लब इतिहासकै पहिलो उपाधिका रुपमा लिग कप जिताएका छन्।

मियामीलाई ऐतिहासिक उपाधि दिलाउने क्रममा मेसीले ७ खेलमा १० गोल गरिसकेका थिए। मेसीले भविष्यबारे धेरै नसोचेको पनि बताए । उनी भन्छन्, ‘मैले संन्यासबारे केही पनि सोचेको छैन । अहिले म फुटबलमै रमिरहेको छु।’

सातपल्टको बालोन डी’अर विजेता मेसीले थपेका छन्, ‘जतिबेला सक्नेछु, त्यतिबेलासम्म फुटबल खेलिरहने छु । म भने प्रत्येक दिनको फुटबलमा रमाउन चाहन्छु ।’

मेसीको टिम मियामीले फेरि अर्को उपाधि नजिक छ। उनको टिम युएस ओपनको फाइनलमा पुगेको छ । मियामीले फाइनलमा ह्युस्टन डायनामोको सामना गर्नेछ।