नेमार र मेसी कोपाका सर्वोत्कृष्ट खेलाडी, मार्टिनेज उत्कृष्ट गोलकिपर

ब्राजिलमा आज सम्पन्न ४७औं संस्करणको कोपा अमेरिका फुटबल प्रतियोगितामा लिओनल मेसी र नेमार सर्वोत्कृष्ट खेलाडी बनेका छन् । अर्जेन्टिना र ब्राजिललाई फाइनलमा पु¥याउन मेसी र नेमारको भूमिल्का उल्लेख्य थियो ।

अर्जोन्टिनालाई २८ वर्षपछि उपाधि दिलाउने क्रममा मेसीले ४ गोल र ५ असिस्ट गरेका थिए भने नेमारले २ गोल र ३ असिस्ट गरेका थिए ।

आफूहरुसँग दुई उत्कृष्ट खेलाडी रहेका एक उत्कृष्ट खेलाडी छान्नु सम्भव नभएको भन्दै कन्मेबोलले मेसी र नेमारलाई प्रतियोगिताको उत्कृष्ट खेलाडी छनोट गरेको हो।

यसैगरी प्रतियोगितामा ४ गोल गरेका मेसीले गोल्डेन बुट पनि जिते । यो एकै प्रतियोगितामा गरिएको सर्वाधिक गोल पनि हो ।

यस्तै, अर्जेनिटनाका अर्जेन्टिनाका एमिलियानो मार्टिनेज कोपा अमेरिका २०२१ को उत्कृष्ट गोलकिपर घोषित भएका छन् । अर्जेन्टिनाले २८ वर्षपछि कोपा अमेरिकाको उपाधि जित्दा गोलकिपर मार्टिनेजले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

उनले प्रतियोगिताका ६ खेलमा ४ क्लिन सिट राखेका थिए भने सेमिफाइनलमा कोलम्बियाविरुद्ध ३ पेनाल्टी रोक्दै टिमलाई जित दिलाएका थिए।

Facebook Comments Box