मेसी र नेमारले चाइनिज खोप लगाउने

अर्जेन्टिनी स्टार लियोनल मेसी र ब्राजिलियन स्टार लियोनल मेसीले चीनले उत्पादन गरेको कोरोना भाइरसविरुद्धको खोप लगाउने भएका छन्।

स्पेनिस क्लब बार्सिलोना र फ्रेन्च क्लब पिएसजीबाट व्यवसायिक फुटबल खेल्ने मेसी र नेमारले यसैसाता कोरोना भाइरसविरुद्धको खोप लगाउने छन्।

मेसी र नेमारसहित दक्षिण अमेरिकाका अधिकांश खेलाडीले चाइनिज खोप लगाउने छन् । दक्षिण अमेरिकी फुटबल महासंघ (कोन्मेबोल)लाई चीनले सिनोभ्याक बायोटेक खोप अनुदानमा दिएकाले त्यसक्षेत्रका खेलाडीले सो खोप लगाउन लागेका हुन्।

दक्षिण अमेरिकी फुटबलरका लागि चीनले कोन्मेबोललाई ५० हजार डोज खोप अनुदानमा उपलब्ध गराएको कोन्मेबोले जनाएको छ ।

चीनले अनुदानमा खोप उपलब्ध गराएको खोप गत बिहीबार उरुग्वेको राजधानी मोन्टेभिडियोमा आइपुगेपछि कोन्मेबोलले सो खोप आफ्ना १० आबद्ध संघहरूलाई खोप वितरणको प्रक्रिया सुरु गरिसकेको छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.