मेसी र रोनाल्डो : को उत्कृष्ट ?

क्रिष्ट्रियानो रोनाल्डो र लियोनल मेसीमध्ये को उत्कृष्ट भन्ने विवाद चलेको झन्डै एक दशक हुन लाग्यो । सन् २००८ देखि २०१८ सम्म बेलोन डि’ओर अवार्ड या रोनाल्डो या त मेसीले जितेका थिए ।

मेसीले गत वर्ष आफ्नो बेलोन डि’ओर उपाधि संख्या बढाएर ६ पु(याउनुअघि दुबैका नाममा समान ५ अवार्ड थियो । त्यसैले, उत्कृष्टको विवाद स्वभाविक नै भयो । यही विवादबीच सुपर कम्युटरले यी खेलाडीमध्ये को उत्कृष्ट भनेर खुट्टयाएको छ ।

केयू लियुभेन विश्वविद्यालयका प्रोफेसरहरु तथा साइन्स स्पोर्टस्का डाटा एक्सपर्टहरुले मिलेर सुपर कम्युटरमार्फत अनुसन्धान गरेका हुन् ।

‘फुटबल खेलाडीको मूल्य प्राय गोल र एसिस्ट (गोलका लागि प्रत्यक्ष पास) मा निर्भर रहन्छ । यद्यपी, गोल दुर्लभ हो किनकी एउटा खेलमा औसतमा अनुमानित १६ सयवटा त्यस्ता एक्सन देखिन्छन्,’ यस प्रणालीले कसरी काम गर्छ भन्ने बताउँदै प्रोफेसर जेसस डेभिस भन्छन्, हाम्रो मोडलले त्यस्ता हरेक एक्सन, सट, पास, ड्रिबल्स, ट्याकल्स नियाल्छ र यसको हिसाब निकाल्छ ।’

यस अनुसन्धानमा २०१३–१४ को सिजनदेखि रोनाल्डोले ला–लिगा क्लब रियल म्याड्रिड छाडेर युभेन्टस्मा आबद्ध हुनअघिको अन्तिम सिजन २०१७–१८ सम्मको तथ्याङ्कलाई नियालिएको थियो । जसअनुसार सुपर कम्प्युटरले बार्सिलोनाका कप्तान मेसीलाई उत्कृष्ट ठहर गर्‍यो ।

मेसीले प्रति खेल १.२१ को स्कोर पाए भने रोनाल्डोको नाममा ०.६१ स्कोर रह्यो ।

यस अनुसन्धानमा संलग्न पिएचडीका विद्यार्थी टम डेक्रस भन्छन्, ‘ पहिलो सिजनमा मेसी र रोनाल्डोको अंक एकाअर्कासँग निकै नजिक थियो । २०१५–१६ को सिजनदेखि मेसी आफ्ना नजिकका प्रतिस्पर्धीभन्दा केही माथि देखिए ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP