सुआरेजले क्लब छाड्दा मेसी असन्तुष्ट

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले बार्सिलोना छाड्का छन् । रोनाल्ड कोम्यानको आगमनसँगै क्लबमा स्थान नपाउने भएपछि सुआरेज अर्को स्पेनिस क्लब एट्लेटिको मड्रिड गएका छन् । सम्झौताको अवधि १ वर्ष बाँकी छँदै बार्सिलाले सम्झौता रद्द गरेपछि सुआरेज फ्रि ट्रान्सफरमा एट्लेटिको गएका हुन् ।

बार्सिलोनामा कप्तान लियोनल मेसीका सबैभन्दा नजिकका साथी थिए, सुआरेज । मैदानमा सुआरेज र मेसीको जोडी खुबै जमेको थियो । सुआरेज क्लबबाट बाहिरिएसँगै मेसीले मैदानमा सुआरेजको साथ पाउने छैनन् ।

सुआरेज क्लबबाट बाहिरिएपछि मेसीले बार्सिलोनाप्रति पुनः आफ्नो असन्तुष्टि पोखेका छन् । मेसीले इन्स्टाग्राममा स्वारेजसँगको तस्बिर पोस्ट गर्दै ‘सुआरेजलाई क्लबले यसरी निकल्न नहुने’ आशय व्यक्त गरेका छन् । साथै उनले यो घटना आफ्ना लागि नौलो नभएको पनि बताएका छन् ।

यसअघि मेसी आफैंले बार्सिलोना छाड्न चाहेको बताएका थिए । तर, बार्सिलोनाले ४ सय मिलियन रिलिज कज तोकेपछि मेसी थप एक वर्ष बार्सिलोनामै बस्न बाध्य भएका थिए ।

मेसीले स्वारेजलाई ‘मिस’ गरिरहेको बताएका छन् । आफू ड्रेसिङ रुममा गएको तर त्यो ठाउँ निकै शून्य लागेको भन्दै उनले भनेका छन्, तिमीलाई अर्को जर्सीमा देख्दा, झन एकअर्काविरुद्ध हुँदा अनौठो हुनेछ ।’ उनले स्वारेजलाई आगामी दिनको लागि शुभकामना पनि दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP