सेभियासँग रोकियो बार्सिलोना, रियललाई फाइदा

डिफेन्डिङ च्याम्पियन तथा लिग लिड बार्सिलोनाले ला लिगामा बराबरी खेलेको छ । शुक्रबार राति भएको बार्सिलोना सेभियासँग गोलरहित बराबरीमा रोकिएको हो ।

बार्सिलोना बराबरीमा रोकिँदा फाइदा दोस्रो स्थानको रियल मड्रिडलाई भएको छ । आइतबार राति हुने खेलमा रियल सोसिडाडलाई हराउँदै बार्सिलोनासँग अंक बराबरी गर्ने अवसर छ । बार्सिलोनाको ३० खेलमा ६५ अंक छ भने रियलको २९ खेलमा ६२ अंक छ । सेभिया ५२ अंकका साथ तेस्रो स्थानमा छ ।

खेलमा दुवै टिमले गोलका केही राम्रा अवसर सिर्जना गरेपनि त्यसलाई पोस्टको दिसा दिन सकेनन् । सेभियाविरुद्ध बार्सिलोनाले सुरुवाती लाइनअपमा ५ परिवर्तन गरेको थियो । उसले स्ट्राइकरका रुपमा मेसीसँगै लुइस सुआरेज र मार्टिन ब्रेथवेटलाई खेलाएको थियो । मिडफिल्डमा अर्टुरो भिडाललाई खेलाडाउँदा डिफेन्समा जोर्डी अल्बा र नेल्सन सेमेडोलाई खेलाएको थियो ।

खेलमा बार्सिलोनाले ६८ प्रतिशत बल पोजेसन बनाउँदै सेभियाको पोस्टमा ९ सट प्रहार गरेकोमा ३ सट मात्र फ्रेममा थियो । यता, सेभियाले ६ सट प्रहार गर्दा ३ सट फ्रेममा प्रहार गरेको थियो ।

यसैगरी शुक्रबार राति नै भएका अन्य खेलमा भिल्लारियालले ग्रानडामाथि १–०को जित निकाल्यो भने लेगनेस र रियल मालोर्काले १–१ गोलको बराबरी खेले ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.