अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोको कीर्तिमान तोडेका छन्। फ्रेन्च लिग वानमा स्टार्सवर्गविरुद्ध शनिबार राति गोल गर्दै मेसीले युरोपका उत्कृष्ट ५ लिगमा सर्वाधिक गोल गर्ने रोनाल्डोको कीर्तिमान तोडेका हुन्।
३५ वर्षीय मेसीले खेलको ५९औं मिनेटमा किलियन एम्बाप्पेको पासमा गोल गरेका थिए। मेसीको गोलसँगै खेल १–१को गोलको बराबरीमा सकिएको थियो। र, पिएसजीले ११औं लिग उपाधि जितेको थियो।
मेसीले यो उपलब्धि ५७४ खेलका ४९६ गोल गरेका छन्। यता, रोनाल्डोले ६२६ खेलमा ४९५ गोल गरेका छन्।
मेसीले पिएसजीमा २ सिजन बिताउँदा लिग वानमा ५७ खेलमा २२ गोल गरेका छन् बार्सिलोनाबाट ला लिगामा ५२० खेलमा ४७४ गोल गरेका छन्।