बार्सिलोनाको सानदार सुरुवात, मालोर्का ४–०ले पराजित

कोरोना भाइरसको महामारीपछि सुरु भएको ला लिगामा डिफेन्डिङ च्याम्पियन बार्सिलोनाले सानदार सुरुवात गरेको छ । शनिबार राति भएको खेलमा रियल मालोर्कालाई ४–०ले पराजित गर्दै बार्सिलोनाले सानदार जित निकालेको हो ।

बार्सिलोनाको जितमा कप्तान लियोनल मेसी, अर्टुरो भिडान, मार्टिन ब्रेथवेट र जोर्डी अल्बाले सामान १ गोल गरे । मालोर्काको मैदानमा भएको खेलमा बार्सिलोनाले दुवै हाफमा सामान २ गोल गरेको थियो ।

बार्सिलोनाले खेलको दोस्रो मिनेटमै अग्रता लियो । उसका अर्टुरो भिडालको गोल गरेका थिए । ३७औं मिनेटमा ब्रेथवेटले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर बनाए । ७९औं मिनेटमा अल्बाले गोल गरेपछि बार्सिलोनाले ३–०को अग्रता लियो ।

इन्जुरी समयको तेस्रो मिनेटमा मेसीले गोल गरेपछि ४–०को जितसहित बार्सिलोनाले ला लिगामा सुखद पुनरागमन ग¥यो । जारी सिरिन लिग मेसीको यो २०औं गोल हो ।

जितको खुसीसँगै बार्सिलोनले अर्को खुसीको अनुभूति ग¥यो, त्यो खुसी हो ५ महिनापछि स्ट्राइकर लुइस सुआरेजको पुनरागमन । जनवरीमा घुँडामा चोट बोकेका सुआरेज ५ महिनापछि मालोर्काविरुद्ध मैदान छिरे । उनी दोस्रो हाफमा मैदान छिरेका थिए ।

जितपछि बार्सिलोनाले शीर्ष स्थानमा ५ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको २८ खेलमा ६१ अंक छ भने दोस्रो स्थानको रियल मड्रिडको ५६ अंक छ । रियलले १ खेल कम खेलेको छ । मालोर्का २५ अंकसहित १८औं स्थाना छ ।

यसैगरी शनिबार राति नै भएका अन्य खेलमा इस्पोनियोले अलाभेसलाई २–०ले पराजित गर्दा भिल्लारियलले सेल्टाभिगोमाथि १–०को जित निकाल्यो । यस्तै, रियल भालाडोलिडले लेगानेसलाई २–१ले हरायो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.