मेसीले ७ सयौं गोल गर्दा रोकियो बार्सिलोना, उपाधि होड कठीन बन्दै

अर्जेन्टिनी स्टार स्ट्राइकर तथा कप्तान लियोनल मेसीले फुटबल करिअरको ७ सयौं गोल गरेका छन्, तर उनको क्लब बार्सिलोना भने बारबरीमै रोकिएको छ । मंगलबार राति क्याम्प नेउमा भएको खेलमा बार्सिलोना चिरपरिचित प्रतिद्वन्द्वी एट्लेटिको मड्रिडसँग २–२ गोलको बराबरीमा रोकिएको हो ।

यो बराबरीसँगै डिफेन्डिङ च्याम्पियन बार्सिलोनाको उपाधि होड कठीन बनेको छ । कोरोनाभाइरसको महामारीपछि पुनः सुरु भएको ला लिगाका ६ खेलमा ३ जित र ३ बरारबी खेलेसँगै बार्सिलनोको उपाधि रक्षा अभियानमा धक्का लागेको हो । कोराना महामारीपछि भएका खेलमा बार्सिलोना रियल मालोर्का, लेगानेस र एथ्लेटिको बिल्बाओलाई पराजित गर्दा सेभिया, सेल्टाभिगो र एट्लेटिको मड्रिडसँग बराबरीमा रोकिएको छ ।

बार्सिलोनाले ३३ खेलमा ७० अंक जोडेको छ र एक खेल कम खेलेको शीर्ष स्थानको रियल मड्रिडभन्दा १ अंकले पछि छ । बिहीबार राति हुने खेलमा गेटाफेलाई पारजित गर्नसके रियलले शीर्ष स्थानमा ४ अंकको अग्रता बनाउने छ । एट्लेटिको ५९ अंकका साथ तेस्रो स्थानमा छ ।

क्याम्प नेउमा भएको खेलमा बार्सिलोनाका मेसीले गोल गर्दा एट्लेटिकोका साउल नेगुइज २ गोल गरे । यस्तै, डिएगो कोस्टाले आत्मघाती गोल गरे । ४ गोल मध्ये ३ गो पेनाल्टीबाट सम्भव भएको थियो । बार्सिलोनाले १ र एट्लेटिकोले २ पेनाल्टी गोल गरेका थिए ।

बार्सिलोनाले घरेलु मैदानमा दुई पटक अग्रता बनाएपछि एट्लेटिकोले पुनरागमन गरेको थियो । क्याम्प नोउमा भएको खेलको ११औं मिनेटमा डिएगो कोस्टाले आत्मघाती गोल गर्दा बार्सिलोनाले पहिले अग्रता लिएको थियो । १९ औं मिनेटमा एट्लेटिकोका लागि निगेजले पेनाल्टीमा बराबरी फर्काए ।

सुरुमा निगेजको प्रहार बार्सिलोनाका गोलकिपर मार्क टेर स्टेगनले रोकेका थिए । तर उनी गोल लाइनभन्दा अघि बढेपछि पुनः पेनाल्टी प्रहार गरिएको थियो र त्यसमा गोल भएको हो ।

दोस्रो हाफमा दुवै क्लबले पेनाल्टीमा गोल थपे । ५०औं मिनेटमा बार्सिलोनाका कप्तान मेसीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । तर ६२औं मिनेटमा एट्लेटिकोका निगुइजले पेनाल्टीमा दोस्रो गोल गरेपछि खेल बराबरीमा सकिएको हो ।

यसैगरी मंगलबार राति नै भएका अनय खेलमा सेभियाले लेगानेसलाई ३–० ले पराजित गरेको छ । जितपछि सेभिया ३३ खेलबाट ५७ अंकका साथ चौथो स्थानमा छ भने लेगानेस २४ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *