मेसीले लागतार पाँचौँ सिजन जिते पिचिचि अवार्ड

बार्सिलोनाका कप्तान लियोनल मेसीले लतगार पाँचौँ सिजन पिचिचि अवार्ड जितेका छन्। यो सिजन ला लिगामा ३० गोल गर्दै मेसीले सर्वाधिक गोलकर्ताका रुपमा पिचिचि अवार्ड जितेका छन्।

सन् २०१७ देखि मेसीले लगातार पिचिचि अवार्ड जित्दै आएका छन् । आठौं पटक पिचिचि आवार्ड जितेका मेसी यो अवार्ड सर्वाधिक जित्ने खेलाडी पनि हुन्।

तर, मेसीले लगतार पाँचौँ र समग्रमा आठौं अवार्ड जितेपनि उनको टिम बार्सिलेना लगातार दोस्रो सिजन पनि उपाधिबाट वञ्जित भयो । यो सिजन बार्सिलोना तेस्रो स्थानमा रह्यो।

ला लिगामा सर्वाधिक गोल गर्ने सूचीको दोस्रो स्थानमा २३ गोल गरेका रियल मड्रिडका करिम बेन्जिमा र तेस्रो स्थानमा २३ गोल नै गरेका भिल्लारियलका जेरार्ड मोरेनोले रहे ।

२१ गोल गरेका च्याम्पियन एट्लेटिको मड्रिडका लुइस सुआरेज चौथो र १८ गोलमा सेभियाका युसुफ एन नेसरी पाँचौंँ स्थानमा रहे।

Facebook Comments Box