पिएसजी आए मेसी

स्पेनिस क्लब बार्सिलोनाका पूर्वकप्तान तथा अर्जेन्टिनी स्टार लियोनल मेसी फ्रेन्स क्लब पिएसजीमा अनुबन्धित भएका छन् । गत बिहीबार बासिलोना छाडेका मेसी मंगलबार पिएसजीसँग सम्झाैता गरेका हुन् ।

तर, मेसी र पिएसजीबीचको सम्झौताका औपचारिक घाेषणा भने बुधबार मात्र हुने छ। मेसीले पिएसजीसँग ३५ मिलियन युरो पाउने गरी २ वर्षका लागि सम्झौता गरेकाछन्। मेसीलाई थप एक वर्ष सम्झौता नवीकरण गर्न सक्ने सुविधा पनि पिएसजीले दिएको छ। पिएसजीले २५ मिलियन युरो सम्झौता रकम पनि तिरेको छ।

यो सिजन पिएसजीमा मेसीले ३० नम्बरको जर्सी लगाउने छन्। मेसीले बार्सिलोनामा डेब्यू गर्दा ३० नम्बरकै जर्सी लगाएका थिए, त्यसैको सम्मान लागि उनले पिएसजीमा ३० नम्बरको जर्सी रोजेका हुन्।

मेसी पिएसजी आउने भएपछि उनका पूर्वसहमकर्मी नेमारले उनलाई स्वागत गरेका छन् । नेमारले इन्स्टाग्राममा मेसीको फोटो राख्दै ‘ब्याक टुगेदर’ लेखेका छन्। मेसी र नेमारले बार्सिालेनामा ४ सिजन सँगै खेलेका थिए । मेसी पिएसजी आउने चर्चा चलेपछि नेमारले आफूले लगाउँदै आएको १० नम्बरको जर्सी मेसीलाई दिन क्लबसँक्ष आग्रह पनि गरेका थिए।

मेसीले २१ वर्षपछि गत बिहीबार मात्र बार्सिलोना छागेका थिए । मेसी र बार्सिलोना दुवै सम्झौता नवीकरणका लागि सहमत थिए । तर, मेसीको सम्झौता नवीकरणमा ला लिगाको वित्तिय नियम बाधक बनेको थियो।

६ पटकका बालोन डे’ओर विजेता मेसीले सन् २००४मा बार्सिलोनाको सिनियर टिममा डेब्यू गरेका थिए। १७ सिजन बार्सिलोनामा बिताउँदा उनले ७७८ खेल खेल्दै ६७२ गोल गरेका छन् ।

मेसीले समग्रमा ३४ उपाधि जितेका छन् । उनले ला लिगा १०, कोपा डेल रे ७, सुपर कोपा डे स्पाना ७, च्याम्पियनस लिग ४, युईएफए सुपरकप ३ र फिफा क्लब वल्र्डकप ३ उपाधि जितेका छन् ।

Facebook Comments Box