मेसी प्रशिक्षणमा फर्किए, बार्सिलोनालाई राहत

घाइते भएपछि ला लिगाको ओपनिङ खेल गुमाएको कप्तान लियोनल मेसी चोटमुक्त हुँदै अभ्यासमा फर्किएका छन् । करिब एक महिनाअघि अभ्यासका क्रममा मेसी घाइते भएका थिए । बिदासकेर फर्किएको पहिलो दिनको अभ्यासमै मेसीको दाहिने पिँडुलामा समस्या देखिएको थिए ।

सोही कारण मेसीले बार्सिलोनाको प्रिसिजन टुरको अमेरिका भ्रमण गुमाएका थिए । मेसीले बुधबार टिमसँगै अभ्यास गरेका थिए । मेसीको आगमनसँगै बार्सिलोनालाई केही राहत भएको छ ।

मेसीबिना लिगको सुरुवात गरेको बार्सिलोना पहिलो खेलमै एथ्लेटिको बिल्बाओसँग पराजित भएको थियो । सो खेलका क्रममा स्ट्राइकर द्वय लुइस सुआरेज र ओस्मान डेम्बेले घाइते भएपछि बार्सिलोना थप समस्यामा परेको थियो ।

सुआरेजको देब्रो पिँडुलामा समस्या देखिँदा उनले बिल्बाओविरुद्धको खेल पहिलो हाफमै छाडेका थिए भने डेम्बेलेले भने पुरै खेल खेलेका थिए । खेलपछि उनमा ह्यामिस्ट्रङको समस्या देखिएको थियो, सोही कारण उनी करिब ५ साता मैदान बाहिर रहने छन् ।

आफ्ना प्रमुख स्ट्राइकरहरु मेसी, सुआरेज र डेम्बेले घाइते भएपछि बार्सिलोना तनाबमा परेको थियो । यसैसिजन दुई एट्याकिङ खेलाडीहरु फिलिपे काउटिन्हो र माल्कोम बेचेका र १२० मिलियन युरोमा ल्याइएका एन्टोइन ग्रिज्म्यानको प्रदर्शन सन्तोषजनक नहुँदा बार्सिलोनालाई थप तनाव सिर्जना भएको थियो । तर, कप्तान मेसी अभ्यासमा फर्किएपछि भने बार्सिलोनाले राहत महसुस गरेको छ ।

बार्सिलोनाले लिगको दोस्रो खेल आइतबार राति १२ः४५ मा रियल बेटिससँग खेल्दै छ । सो खेलमा मेसी खेल्न सक्ने सम्भावना छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP