को बन्लान् युरोपको उत्कृष्ट खेलाडी : रोनाल्डो, मेसी या भान डाइक ?

युरोपको उत्कृष्ट खेलाडीका लागि यसपटक पनि युभेन्टसका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो र बार्सिलोनाका अर्जेन्टिनी स्टार लियोनल मेसीबीच प्रतिस्पर्धा हुने भएको छ । युइएफए प्लेयर अफ दी इयरका लागि रोनाल्डो र मेसीलाई लिभरपुलका डच डिफेन्डर भिर्गिल भान डाइकले चुनौति दिने छन् ।

अघिल्लो सिजन देश र क्लबका लागि गरेको प्रदर्शनका आधारमा युरोपियन फुटबल संघले बिहीबार उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरेको हो । उत्कृष्ट तीनको सूचीमा रोनाल्डो, मेसी र भान गाइक परेका छन् ।

रोनाल्डोले अघिल्लो सिजन देशका क्लबमका लागि उत्कृष्ट प्रदर्शन गरेका थिए । च्याम्पियन्स लिगमा युभेन्टस क्वार्टरफाइलनभन्दा माथि पुग्न नसेकेपनि सिरिएमा उनले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनी सिरि एका सर्वाधिक गोलकर्ताका साथै सर्वोत्कृष्ट खेलाडी हुन् ।

च्याम्पियन लिगको अन्तिम १६ मा एट्लेटिको म्याड्रिडविरुद्ध ह्याट्रिक गर्नुका साथै युइएफए नेसन्स लिगको सेमिफाइनलमा स्वीट्जल्यानडविरुद्ध पनि रोनाल्डोले ह्याट्रिक गरेका थिए । उनी नेसन्स लिग फाइलनका सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडी पनि हुन् । रोनाल्डोले अघिल्लो सिजन युभेन्टसका लागि सिरि ए र सुपरकोपा इटालियाना तथा पोर्चुगलका लागि युइएफए नेसन्स लिग जितेका थियो ।

यस्तै, युइएफए प्लेयर अफ दी इयरका अर्का प्रत्यासी हुन् बार्सिलोनाका लियोनल मेसी । पछिल्लो एकवर्ष अर्जेन्टिनाका लागि खासै राम्रो नरहेपछि मेसीले बार्सिलोनाका लागि भने उत्कृष्ट प्रदर्शन गरे । बार्सिलोनालाई लालिगा उपाधि दिलाउन उत्कृष्ट प्रदर्शन गरेका मेसी युरोपियन गोल्डेन बुट विजेता खेलाडी हुन् । बार्सिलोनाको च्याम्पियन्स लिगको सेमिफाइलन यात्रामा उनको भूमिका महत्वपूर्ण थियो । मेसी च्याम्पियन्स लिगका सर्वाधिक गोलकर्ता हुन् ।

यसैगरी युइएफए प्लेयर अफ दी इयरका अर्का दाबेदार हुन्, लिभरपुलका डच डिफेन्डर भान डाइक । लिभरपललाई च्याम्पियन्स लिग उपाधि दिलाने क्रममा उनले डिफेन्समा जबर्जस्त प्रदर्शन गरेका थिए ।

यस्तै, इंग्लिस प्रिमियर लिगमा पनि भान डाइकको प्रदर्शन उस्तै थियो । साउथ ह्याम्पटनबाट लिभरपुल आएयता अघिल्लो सिजनभर भान डाइकलाई विपक्षी कुनै पनि खेलाडी ‘ड्रिब्लिङ’ गर्न सकेका थिएनन् । यस्तै, नेदरल्यान्ड्सलाई युइएफए नेसन्स लिगको फाइनल पु¥याउन पनि उनले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

युइएफए प्लेयर अफ दी इयरको सूचीमा चौथो स्थानमा लिभरपुलका ब्राजिलियन गोलकिपर एलिसन, पाचौं र छैठौं स्थानमा लिभरपुलकै मोहम्मद सलाह छन् । सातौंमा बेल्जियन स्ट्राइकर इडेन हाजार्ड, आठौं र नवौं स्थानमा म्याथिज डे लिट र फ्यांकी डे जोङ र १०औं स्थानमा म्यान्चेस्टर सिटीका रहिम स्टर्लिङ छन् ।

अघिल्लो सिजन यो अवार्ड रियल म्याडिड्रका लुका मोड्रिच जितेका थिए । रोनाल्डोले सन् २०१३÷१४, ०१५÷१६ र ०१७÷१८ मा जितेका थिए भने मेसीले २०१०÷११ र २०१५÷१६ मा जितेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP