मेसी चम्किँदा बार्सिलोना विजयी, दोस्रो स्थानमा उक्लियो

कप्तान लियोनल मेसीले उत्कृष्ट प्रर्दशन गरेपछि बार्सिलोना स्पेनिस ला लिगामा विजयी भएका छ। शनिबार राति भएको खेलमा मेसीले गोल र असिस्ट गरेपछि बार्सिलोनलो फर्ममा रहेको सेभियालाई २–०ले हरायो।

यो जितसँगै बार्सिलोना रियल मड्रिडलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको छ। उसको २५ खेलमा बार्सिलोनाको ५३ अंक छ भने एक खेल कम खेलेको रियलको ५२ अंक छ । २३ खेलमा ५५ अंक जोडेको एट्लेटिको मड्रिड शीर्ष स्थानमा छ। २४ खेलमा ४८ अंक जोडेको सेभिया चौथो स्थानमा छ।

बार्साको जीतमा कप्तान लियोनेल मेस्सी पुनः नायक रहे । खेलको २९ औँ मिनेटमा उनले ओसमान डेम्बेलेका लागि गोलको अवसर सिर्जना गरे भने दोस्रो हाफको अन्त्यतिर आफै गोल गर्दै टोलीको जीत सुनिश्चित गरे । योसँगै सेभियाको घरेलु प्रतियोगितामा १० खेलको जीतको शृङ्खलामा पूर्णविराम लागेको छ ।​

सेभियाविरुद्ध उनको यो ३८ औँ गोल थियो । मेस्सीले लगातार ला लिगाका पछिल्ला ८ खेलमा गोल गर्न सफल भएका छन् । उनले यस क्रममा १२ गोल गर्दै ला लिगाको गोल्डन बुटको रेसमा लुइस सुवारेजलाई ३ गोलले उछिनेका छन् ।

यसअघि बार्साका लागि क्लेमेन्ट लेङलेटको गोल रद्द गरिएको थियो भने सेभियाका लागि युसेफ एन नेसरीको गोल पनि अफसाइड कै कारण रद्द भएको थियो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.