मेसीले छाडेपछि मेसीको नाम भएका बार्साका जर्सी धमाधम क्लबलाई नै फिर्ता

Read Time:2 Minute

लियोनल मेसीले बार्सिलोना छाडेर फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) गएको आधिकारिक खबर आएसँगै मेसीको नाम भएका आगामी सिजनको बार्साका जर्सी पसलबाट एकाएक हराउन थालेका छन्। स्टोरहरुले अहिले मेसीको नाम भएका बार्साका नयाँ जर्सी क्लबलाई नै फिर्ता पठाउन थालेका हुन्।

यद्यपि, ति फिर्ता गरिएका जर्सी के गर्ने भन्ने निर्णय जर्सी उत्पादक कम्पनी नाइकीको हुनेछ। फिर्ता आएका जर्सीहरु बार्साले दुई महिनाभित्र उत्पादक कम्पनी नाइकीलाई फर्काउनु पर्नेछ।

कुनै खेलाडीको आधिकारिक जर्सी प्रिन्ट गरिसकेपछि उसले क्लब छाडेको खण्डमा यस्तै गरिने नियम रहेको छ। यसअघि २०१७ मा नेमारले बार्सा छाडेर पिएसजी जाँदा पनि यसैगरी उनको नाम र नम्बर प्रिन्ट भएका जर्सी भटाभट बार्सालाई नै फिर्ता गरिएका थिए। त्यसको उचित व्यवस्थापन गर्न बार्साले नाइकीलाई जर्सी फिर्ता गरेको थियो।

एक वर्षमा बिक्ने बार्साका जर्सीमध्ये ८० प्रतिशत जर्सी मेसीका हुने गरेका थिए। अर्थात्, बार्साका १० वटा जर्सी बिक्री हुँदा तिमध्ये ८ वटा मेसीको नाम लेखिएको १० नम्बरे जर्सी हुन्थे। यसबाट बार्साले न्यूनतम पनि वर्षको ३० मिलियन युरो कमाउने गरेको थियो।

मेसी गएपछि बार्साले अब मेम्फिस डिपेको जर्सी बेच्ने लक्ष्य लिएको छ। डिपेको जर्सी मेसीको जति नबिकेपनि उनले कम्तिमा ५० प्रतिशत बिक्रि धान्नेमा बार्सा आशावादी रहेको डायगनल इन्भर्जन्सका प्रमुख निर्देशक मार्क सिरिआले बताएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post श्रीलंकन टिमका विकेटकिपर ब्याट्सम्यान दिनेश चण्डिमलले इपिएल खेल्ने
Next post ‘जापानिज मेसी’ यो सिजन लोनमै
Close