मेसीको प्लेन राति ११ः१५मा पेरिसमा ल्यान्ड हुँदै

Read Time:1 मिनेट

अर्जेन्टिनी सुपर स्टार लियोन मेसी फ्रेन्च क्लब पिएजसी जाने पक्का भएको छ। पिएसजीसँग सम्झौता गर्नका लागि ३४ वर्षीय मेसी आज राति ११ः१५ बजे पेरिस ल्यान्ड हुने स्पोर्ट्स न्यूज पोर्टल इएसपिएन एफसीका जुलियन लरेन्सले बताएका छन्।

मेसीको स्वागतका लागि पिएसजीको मैदानबाहिर थुप्रै समर्थक प्रतिक्षा गरिरहेका छन्।

उनका अनुसार मेसीले पिएसजीसँग वार्षिक ३५ मिलियन तलब पाउने गरी २ वर्षको सम्झौता गर्ने छन्। यस्तै, अर्को एक वर्ष सम्झौता अवधि बढाउने सुविधा पनि दिइने उनले उल्लेख गरेका छन्।

लरेन्सले मेसीले आजै राति या भोलि पिएसीमा मेडिकल गर्ने र सम्झौतामा हस्ताक्षर गर्ने उल्लेख गरेका छन्। ला लिगाको वित्तिय निमयका कारण सम्झौता नवीकरण हुन सकेपछि मेसीले २१ वर्षपछि बार्सिलोना छाडेका थिए ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post कोभिड–१९ का कारण साफ च्याम्पियनसिप नेपालमा नहुने
Next post लिग च्याम्पियन मछिन्द्रले भित्र्यायो स्ट्राइकर अभिषेक रिजाल
Close