मेसीले जिते पहिलो अन्तर्राष्ट्रिय उपाधि

सुपर स्टार लियोनल मेसीले पहिलो अन्तर्राष्ट्रिय उपाधि जितेका छन् । ३४ वर्षीय मेसीले पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा ४७औं संस्करणको कोपा अमेरिका उपाधि जितेका हुन्।

आइतबार बिहान मराकाना रंगशालामा भएको फाइलनमा आयोजक ब्राजिललाई १–०ले हराउँदै अर्जेन्टिनाले कोपा अमेरिका उपाधि जित्यो ।

अर्जेन्टिनालाई च्याम्पियन बनाउने क्रममा २२औं मिनेटमा एन्जेल डि मारियाले निर्णायक गोल गरे। त्यसपछि कुनै गोल नहुँदा अर्जेन्टिना च्याम्पियन बन्यो ।

Facebook Comments Box