मेसीले सातौं पटक जिते बालोन डि’ओर

Read Time:1 Minute

फ्रेन्च क्लब पिएसजीको अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले प्रतिष्ठित बालोन डि’ओर अवार्ड सातौं पटक जितेका छन्। सोमबार राति आयोजित एक विशेष समारोहबीच फ्रेन्च फुटबलले मेस्सीलाई उक्त अवार्ड प्रदान गरेको हो।

फ्रेन्च फुबटल म्यागेजिनले हरेक वर्ष प्रदान गर्ने यो अवार्ड कीर्तिमानी सातौं पटक जित्ने क्रममा मेसीले बार्यन म्युनिखका रोबर्ट लेवान्डोस्की, रियल मड्रिडका करिम बेन्जिमा र चेल्सीका जर्गिन्होलाई पछि पारे।

यो सिजन मेसीले करिअरकै पहिलो अन्तर्राष्ट्रिय उपाधिका रुपमा कोपा अमेरिका जितेका थिए । सो उपाधि यात्रामा उत्कृष्ट प्रदर्शन गरेका ३४ वर्षीय मेसीले ४० खेलमा ४० गोल गरेका थिए।

यसअघि मेसीले २००९, २०१०, २०११, २०१२, १०१५, २०१९ मा बालोन डि’ओर जितेका थिए । मेसीपछि क्रिस्टियानो रोनाल्डोले सर्वाधिक ५ पटक यो अवार्ड जितेका छन्।

सातौं पटक बालोन डि’ओर जितेपछि मेसीले दुई वर्ष पहिले नै यो अन्तिम होला जस्तो लागेको, तर, अहिले पेरिसमा हुँदा खुसी भएको प्रतिक्रिया दिए । उनले कोपा अमेरिका फाइलनमा ब्राजिललाई हराउँदै उपाधि जित्ने जीवनकै उत्कृष्ट क्षण भएको बताए ।

यस्तै हिलातर्फको बालोन डीओर अवार्ड बार्सिलोनाकी एलेक्सिया पुटेलासले जितिन् ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post नेमार करिब २ महिना मैदान बाहिर रहने
Next post लेवान्डोस्की बने स्ट्राइकर अफ दी इयर, चेल्सी उत्कृष्ट क्लब
Close