मेसीले बार्सिलोनासँगको सम्झौता नवीकरण गर्ने !

अर्जेन्टाइन स्ट्रार लियोनल मेसी स्पेनिस क्लब बार्सिलोनासँगको सम्झौता नवीकरण गर्ने भएका छन् । स्पेनिस स्पोट्र्स न्यूज पोर्टक मार्काका अनुसार सम्झौता नवीकरणका विषयमा मेसी र बार्सिलोनाबीच मौखिक सहमति भइरसकेको र सम्झौता पत्रमा हस्ताक्षर गर्न मात्र बाँकी छन् ।

मेसीले बार्सिलोनासँग २ वर्षको सम्झौता गर्ने मार्काले उल्लेख गरेको छ। तर, मेसीले सम्झौता नवीकरण विषयमा आधिकारी पुष्टि भने भइसेको छैन।

मेसी यतिखेल विश्वपक छनोट र कोपा अमेरिका खेल्न अर्जेन्टिना फर्किका छन् । बार्सिलोनासँगको मेसीको सम्झौता जुन अन्त्यसम्म मात्र छ ।

मेसीले अघिल्लो सिजन नै बार्सिलोना छाड्न चाहेका थिए । क्लबका अध्यक्ष क्लब अध्यक्ष जोसेफ मारिया बार्तमेउसँग सम्बन्ध चिसिएपछि मेसीले क्लब छाड्ने चाहेका थिए । तर, उनी अन्तिम समयमा बार्सिलोनामै बस्न राजी भएका थिए ।

बार्तमेउ अध्यक्षबाट हटेपछि अहिले बार्सिलोनाको अध्यक्ष जो लापोर्टा चयन भएका छन् । उनी मेस्सीलाई क्लबमै राख्न चाहन्छन् र सम्झौता नविकरणको लागि प्रस्तावसमेत गरिसकेका छन्।

मेसीका टिममेट सर्जियो अगुएरोले बार्सिलोना आएलगत्तै मेसीले बार्सिलोनामै रहने बताएकाले पनि मेसीले सम्झौता नवीकरण गर्न अनुमान गरिएको छ।

Facebook Comments Box