बार्सिलोनामा मेसी चिनाउने यी तस्बिर

अर्जेन्टिनी स्टार लियोनल मेसीले अन्नतः बार्सिलोना छाडेका छन्। बार्सिलोना र मेसीले बीच आजै नयाँ सम्झौता हुने बताइएको थियो, तर वित्तितीय तथा संरचनात्मक अवरोधका कारण सम्झौता नवीकरण हुन नसकेपछि मेसीले बार्सिलोना छाडेका हुन्।

सन् २०००मा बार्सिलोनाको एकेडेमी ला मासिया आएका सन् २००४मै बार्सिलोनाको सिनियर टिममा डेब्यूको अवसर पाए। त्यसयताका १७ वर्ष मेसीले विश्वफुटबलमा राज नै गरे, क्लब फुटबलमा सबै उपलब्धि हाँसिल गरे । सँगै क्लबलाई पनि सफलता दिलाए।

१७ सिजन बार्सिलोनामा बिताउँदा उनले ७७८ खेल खेल्दै ६७२ गोल गरेका छन् । र, उनी बार्सिलोना इतिहासकै सबैभन्दा सफल र उत्कृष्ट खेलाडी हुन्, लिजेन्ड पनि। उसले समग्रमा ३४ उपाधि जितेका छन् । उनले ला लिगा १०, कोपा डेल रे ७, सुपर कोपा डे स्पाना ७, च्याम्पियनस लिग ४, युईएफए सुपरकप ३ र फिफा क्लब वल्र्डकप ३ उपाधि जितेका छन् ।

यस्तै उनले व्यक्तिगत रुपमा ६ बालोन डे’ओर, ६ युरोपियन गोल्डेन बुट, ६ पटक ला लिगाको वेस्ट खेलाडी र ७ पटक ला लिगाको उत्कृष्ट स्ट्राइकर बनेका छन्। यी उपलब्धि हाँसिल गर्ने क्रममा मेसीले थुप्रै अविष्मरणीयक्षण व्यत्तित गरेका छन्। त्यस्ता केही तस्बिर छन्, जसले बार्सिलोनामा मेसीलाई चिनाउने छ । यी हुन् ती तस्बिरः

Facebook Comments Box