मेसी बार्सिलोनामै रहने !

अर्जेन्टिनी स्टार लियोनल मेसीले बार्सिलोना छाड्ने चर्चा यतिखेर व्यापक छ । अघिल्लो साता मेसीले बार्सिलोनालाई पत्र लेल्दै आफूले बार्सिलोना छाड्न चाहेको बताएपछि यो चर्चा व्यपाक बनेको थियो।

तर, पछिल्लो घटना क्रममले मेसी नयाँ सिजन बार्सिलोनामै रहने सम्भावना बढेको छ । मेसीका एजेन्टसमेत रहेका उनका बुबा जर्जले क्लब अध्यक्ष जोसेफ मारिया बार्तामेउलाई भेटेपछि भने मेसी क्लबमै रहेको समभावना बढेको बताइएको छ।

क्लबमा मेसीको भविष्यबारे निर्णय गर्न जर्जले क्लब अध्यक्षसँग बैठकसमेत गरेका थिए । बैठक कुनै निष्कर्ष ननिस्किए पनि मेसी क्याम्न नेउमै रहने सम्भावना बढेको हो । बैठक पछि मेसीका बुबा जर्जले पनि मेसी बार्सिलोनामै बस्ने संकेत गरेका छन्।

मेसीका बुबा जर्जले मेडियासेटसंगको कुराकानीमा बार्सिलोनासँगको छलफल राम्रो भएको बताउँदै उनले २०२१ सम्म क्लबमा रहन सक्ने बताएका हुन् । मेसी सम्झौता अनुसार नै २०२१ को सिजन अन्त्यसम्म बार्सिलोनमा रहन्छन् भन्ने प्रश्नमा जर्जले ‘यस’ भनेको गोल डट कमले उल्लेख गरेको छ।

अध्यक्ष बार्टोमेउले मेसीका बुबासँगको छलफल सकारात्मक भएको उल्लेख गरेका छन् । मेसीले अझै एक सिजन बार्सिलोनाको नेतृत्व गर्ने विश्वास बार्तामेउको छ । उनले भनेका छन्, ‘छलफल सकारात्मक भयो । हामीले एकअर्का बीचको गुनासाहरु पनि राख्यौं । आजको छलफलले मेसी बार्सिलोनामै रहने संकेत गरेको छ।’

बार्तामेउ र जर्जबीच मेसीको भविष्यको बारेमा अझै केही दिन छलफल हुने बताइएको छ । केही सञ्चारमाध्यमहरुले मेसीले इंग्लिस क्लब म्यान्चेस्टर सिटी आउने प्रतिबद्धता गरिसकेकाले मेसीले बार्सिलोना छाड्ने पक्का भएको उल्लेख गरेका छन् । अझै केही साता मेसी चर्चामै रहने देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP