आर्सजनको युरोपा लिग टिममा परेनन ओजिल

जर्मन मिडफिल्डर मेसुट ओजिल प्रिमियर लिग क्लब आर्सनलको युरोपा लिग टिममा पर्न असफल भएका छन् । स्टार मिडफिल्डर ओजिललाई बाहिर राख्दै प्रशिक्षक मिकेल अर्टेटाले युरोपा लिगका लागि २५ सदस्यीय टिम घोषणा गरेका छन् ।

अर्टेटाको आगमनसँगै ३१ वर्षीय ओजिलले आर्सनलको प्लेइङसेटमा कमै मात्र अवसर पाएका छन्। उनले गत मार्च यता कुनै पनि खेल खेलेका छैनन् । अर्टेटासँग सम्बन्ध बिग्रिएपछि ओजिलले टिममा स्थान नपाएको बताइन्छ।

सन् २०१३ मा रियल मड्रिडबा आर्सनल आएका ओजिलले त्यसयता २५४ खेल खेल्दै ४४ गोल गरेका छन् । यो सिजनको अन्त्यसँगै आर्सनलसँग ओजिलको सम्झौता सकिने छ । ओलिले रसिया विश्वकपपछि राष्ट्रिय टिमबाट सन्न्यास लिएका थिए ।

युरोपा लिगको टिममा आफू नपरेपछि ओजिलले ट्विटरमार्फत् यसलाई ब्यंग्य गरेका छन् । उनले लेखेका छन्, ‘यो अचम्म लाग्दो छ । धेरै धेरै धन्यवाद !’

प्रशिक्षक अर्टेटाले भर्खरै अनुबन्धित थोमस पार्टेलाई समावेश गर्दै युरोपा लिगका लागि २५ सदस्यीय टिम घोषणा गरेका छन् । युरोपा लिगमा आर्सनल समूह बीमा छ । यो समूहमा डनडाल्क, मोल्डे र रापिड विइन छन्।

अक्टोबर २२ मा रापिड विइनसँग खेल्दै आर्सनलले युरोपा लिगमा आफ्नो यात्रा थाल्ने छ ।
अष्ट्रियन क्लबसँग आर्सनलले अक्टोबर २२ मा खेल्ने तालिका रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP