क्लब छाड्न लागेका ब्राजिलियन डिफेन्डर डेविड लुइजकाे प्रसंशा गर्दै प्रशिक्षक अर्टेटा भन्छन्– उनीसँग काम गर्न पाउनु सौभाग्य हो

ब्राजिलियन भेट्रान डिफिन्डर डेविड लुइजले इंग्लिस क्लब आर्सनल छाड्ने भएका हुन् । प्रशिक्षक मिकेल अर्टेटाले लुइजसले सिजनको अन्त्यसँगै क्लब छाड्ने बताएका छन् ।

लुइजको आर्सनलसँगको सम्झौता सिजनको अन्त्यसँगै सकिँदै छ ।

लुइससँग निकै नजिकको सम्बन्ध रहेका प्रशिक्षक अर्टेटाले मैदानभित्र र बाहिर रहँदा उनले पार्ने प्रभाव आफूले सँधैँ मिस गर्ने बताएका छन्। ‘खेलाडीका रुपमा उनले सबै जितेका छन्, उनी सँधैँ सिक्न उत्सुक हुन्छन्,’ प्रशिक्षक अर्टेटाले भने, ‘मैले उनीसँग १८ महिनासँगै काम गर्न पाएँ, त्यो मेरो सौभाग्य हो।’

लुइज निकै सहयोगी रहेको बताउँदै अर्टेटाले उनीसँग केही उत्कृष्ट क्षण बिताउन पाएको बताए । उनले लुइजलाई धन्यवाद दिँदै आगमी यात्राको सफलताको कामना पनि गरे।

३४ वर्षीय लुइज स्न २०१९ मा चेल्सीबाट आर्सनल आएका थिए । आर्सलनमा दुई सिजन बिताउँदा उनले ७३ खेल खेल्दै ४ गोल गरेका छन् । आर्सलनबाट उनले कम्युनिटी शिल्ड र एफए कप उपाधि जितेका छन्।

लुइसले बेन्फिका, पिएसजी र चेल्सीबाट लिग उपाधि जितेका छन् । उनले बेन्फिकामा ५ सिजन बिताउँदा प्रिमियरा लिगासहित ४ उपाधि जितेका थिए भने पिएसजीमा ३४ सिजन बिताउँदा २ लिग वान उपाधिसहित ७ उपाधि जितेका थिए।

यस्तै, दुई पटक गरी लन्डन क्लबमा चेल्सीमा ७ सिजन बिताएका उनले प्रियिमर लिग, च्याम्पियन्स लिग र युरोपा लिग गरी ६ उपाधि जितेका छन्।

लुइसले ब्राजिलको टिमबाट ५७ खेल खेल्दै ३ गोल गरेका छन्। सन् २०१०मा ब्राजिलको टिममा डेब्यू गरेका उनी सन् २०१७ यता टिमबाट बाहिर रहँदै आएका छन्।

Facebook Comments Box