उत्कृष्ट प्रदर्शनपछि पनि किन खुसी छैनन् जिसस ?

Read Time:2 मिनेट

यसै सिजन लिग च्याम्पियन म्यान्चेस्टर सिटीबाट आर्सनल आएका ब्राजिलियन स्ट्राइकर ग्यब्रियल जिससले उत्कृष्ट प्रदर्शन गरिरहेका छन्। शनिबर घरेलु मैदान इमिरेट्समा पहिलो खेल खेलेका जिसले आर्सनललाई जित दिलाउन २ गोल र २ असिस्ट गरे।

उत्कृष्ट प्रदर्शन गरेर लेस्टर सिटीविरुद्ध ४–२ जितका बाबजुद ब्राजिलियन स्ट्राइकर खुसी नभएको बताइएको छ। खेलमा जिसस खेलमा अझै धेरै गोल गर्न सक्थे, त्यही कारणले उनी खुसी नभएको बताइएको छ।

प्रशिक्षक मिकेल अर्टेटाले पनि खेलपछि जिजस निराश बनेको बताएका छन्। ‘जिससलाई लाग्छ, लेस्टरविरुद्ध उनले चार गोल गर्नुपथ्र्यो । त्यसैले उनी जितमा त्यति खुशी छैनन्,’ उनले भनेका छन्, ‘जिससको त्यो मानसिकता निकै राम्रो हो, त्यसले उनलाई मात्र होइन, अन्य खेलाडी र क्लबलाई फाइदा पुग्छ।’

जिससको क्षमताका बारेमा आफू पूर्णरुपमा जानकार रहेको अर्टेटाले बताएका छन् । उनले जिससले जस्तो अवस्थामा पनि जिसस खेल्नका लागि तयार रहेको बताएका छन्। उनले भने, ‘हामीलाई थाहा छ, उनले के गर्न सक्छन् । मलाई उनीविरुद्ध खेल्न मन लाग्दैन। मलै कहिल्यै डिफेन्समा खेलिनँ, तर, उनलाई रोक्दा कस्तो हुन्छ त्यो महसुस गर्न सक्छु।’

जिससको आगमनले अन्य खेलाडीलाई फाइदा पुगेको अर्टेटाको बुझाई छ। जिससको ग्याब्रियल मार्टिनेली र बुकायो साकोले धेरै कुरा सिकिरहेको उनले बताएका छन्। टिमका खेलाडीलाई एकअर्का जोड्न पनि जिससले मद्दत गरिरहेको उनले बताएका छन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post ब्रेनफाेर्डसँग युनाइटेडको लज्जास्पद हार
Next post नेपाल आएपछि प्रभाकरले भने– आफ्नो अनुभव युवा खेलाडीको सुधारमा लगाउँछु
Close