अटेर्टा कोरोनाबाट मुक्त

आर्सनल प्रशिक्षक मिकेल अटेर्टा कोरोनाबाट मुक्त भएका छन् । कोरोनाको संक्रमण देखिएपछि आइसोलेसनमा बसेका प्रशिक्षक अर्टेटाले आफु कोरोनाबाट मुक्त भएको बताएका छन् ।

स्पेनिस टेलिभिजनसँग कुरा गर्दै अर्टेटाले कोरोना भाईरसले छाड्दै गर्दा आफुलाई निकै राहत महसुस भएको बताए । ‘कोरोनाको लक्षणले छोड्दा मलाई बढी राम्रो महसुस भईरहेको छ’, अर्टेटाले भनेका छन् ।

अर्टेटालाई गत मार्च १२ मा कोरोनाको संक्रमण भएको पुष्टि भएको थियो । अर्टेटालाई कोरोना देखिएपछि आर्सनलका खेलाडीहरु पनि आइसोलेसनमा बसेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *