
मनाङले पुलिस, ब्रिगेड बोइज र च्यासलसँग पोखरामा खेल्ने
Read Time:1 Minute
जारी ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले तीन खेल पोखरामा खेल्ने भएको छ। जारी सिजनदेखि पोखरा रंगशालालाई घरेलु मैदान बनाएपछि एन्फाले मनाङलाई तीन खेल पोखरामा खेल्न अनुमति दिएको हो ।
अब मनाङले पोखरामा पाँचौं, सातौं र नवौं चरणका खेल खेल्ने छ। जसअनुसार मनाङले पुलिससँग पुस ३ गते खेल्ने छ भने पुस १७ गते ब्रिगेड बोइज र २४ गते च्यासलसँग खेल्ने छ।
एन्फाले सोमबार लिगको पाँचौंदेखि नवौं चरणसम्मको तालिका सार्वजनिक गरेको छ। मनाङका तीन खेलबाहेक सबैखेल दशरथ रंगशालामै हुने छ।
पाँचौं चरणका खेलहरू पुस २ देखि ५ गतेसम्म हुनेछ भने छैटौं चरणका खेल पुस ९ देखि १२ तथा सातौं चरणका खेल पुस १६ देखि १९ गतेसम्म हुनेछ एन्फाले जनाएको छ। यस्तै, आठौं चरणका खेलहरू पुस २३ देखि २६ गतेसम्म हुनेछ भने नवौं चरणका खेलहरू पुस ३० देखि माघ ३ गतेसम्म हुनेछ।
हेर्नुस् तालिका