मनाङ आहा रारा गोल्डकपको सेमिफाइनलमा, पुलिस २–०ले पराजित

Read Time:1 Minute

मनाङ मर्स्याङ्दी क्लब २०औं आहा रारा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ। आइतबार पोखरा रंगशालामा भएको खेलमा विभागीय टिम नेपाल पुलिस क्बललाई २–० ले पराजित गर्दै मनाङले सेमिफाइनलमा स्थान पक्का गरेको हो।

मनाङको जितमा नाइजेरियन फरवार्ड ओलावाले आफिजले र मिडफिल्डर रूपेश केसीले गोल गरे। पहिलो हाफ गोलरहित रहेको खेलमा मनाङले दुवै गोल दोस्रो हाफमा गरेको थियो।

६४औं मिनेटमा रुपेश केसीले गोल गर्दै मनाङलाई सुरुआती अग्रता दिलाए। हेमन्त श्रेष्ठको ब्याक पासलाई अजित भण्डारीले पेनाल्टी बक्समा क्लियर गर्न नसकेको बलमा आफिजले दिएको क्रसलाई रुपेशले सहजै गोल गरे।

८८औं मिनेटमा ओलावाले अफिजले गोल गर्दै मनाङको जित पक्का गरे। भोला सिलवालबाट बल खोस्दै मैदानको मध्यभागबाट एक्लै बल अघि बढाँउदै उनले गरेको प्रहारले जाली चुमेको थियो।

मनाङले अब सेमिफाइनलमा त्रिभुवन आर्मी र थ्रीस्टार क्लबबीचको विजेतासँग खेल्नेछ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post पाकिस्तानका रिजवान बने टि–२० का उत्कृष्ट क्रिकेटर
Next post रियल रोकियो, बार्सिलोना पाँचौं स्थानमा
Close