मनाङले लिगका तीन खेल घरेलु मैदान पोखरामा खेल्ने

Read Time:1 Minute

पोखरा रंगशालालाई घरेलु मैदान भएको मनाङ मर्स्याङ्दी क्बले तीनवटा खेला घरेलु मैदानमा खेल्न पाउने भएको छ। मनाङसँग पोखरामा खेल्न क्लबहरूले पनि समहति दिएपछि मनाङले लिगका तीन खेल पोखरामा खेल्ने भएको हो।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले पहिलो पटक लिग काठमाडौं बाहिर खेलाउन मनाङको प्रस्तावमा सहमति दिएको हो। पाँचौंदेखि सातौं चरणसम्म मनाङले खेल्ने तीन खेल पोखरामा हुने एन्फा महासचिव इन्द्रमान तुलाधरले बताए । यसका लागि तयारी भइरहेको उनले बताए।

ती तीन खेलमा मनाङले नेपाल पुलिस क्लब, ब्रिगेड ब्वाइज र च्यासल युथ क्लबसंग पोखरामा खेल्नेछ ।

तीन चरणको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आयोजना भएको लिगको चौथो चरणको खेल पनि दशरथ रंगशालामै हुनेछ । एन्फाले लिग च्यासल र एन्फा कम्प्लेक्समा पनि खेलाउने तयारी गरेको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post भारतीय टिममा रोहित शर्माको प्रमोसन, एकदिवसीय टिमको कप्तान, टेस्ट टिमको उपकप्तान
Next post सातौं चरणपछि शीर्ष स्थानमा रहने टिमले एएफसी कप छनोट खेल्ने
Close