मनाङ खप्तड गोल्डकपको फाइनलमा

Read Time:1 Minute

मनाङ मर्स्याङ्दी मुख्यमन्त्री सुदुरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ। बुधबार धनगढी रंगशालामा भएको पहिलो सेमिफाइनलमा अर्को ए डिभिजन क्लब हिमालयन शेर्पालाई पेनाल्टी सुटआउटमा ४–२ले हराउँदै मनाङ उपाधि नजिक पुगेको हो।

खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोल भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा मनाङका अञ्जन विष्ट, रुपेश केसी, मौसा अबागाना र पुजन उपरकोटीले गोल गरे ।

यता, हिमालयन शेर्पाका विदेशी खेलाडीद्वय उर्लिच सिवे र पिस्टन मुटाम्बाले मात्र गोल गर्न सके । उसका विशाल श्रेष्ठ र विवेक पण्डित गोल गर्न असफल भए।

खेलमा अग्रता पनि मनाङले नै लियो । २८औं मिनेटमा शिशिर लेखीले मनाङलाई अग्रता दिलाए । तर, ८० औं मिनेटमा सुरेश कुमालले गोल गर्दै हिमालयनलाई खेलमा फर्काए। त्यसपछि गोल नहुँदा खेल पेनाल्टीमा गएको थियो।

मनाङले उपाधिका लागि बिहीबार हुने बागमती युथ क्लब युथ क्लब र फ्रेन्ड्स क्लबबीचको विजेतासँग खेल्नेछ ।

सर्वाधिक पुरस्कार राशीको प्रतियोगितको विजेताले २१ लाख र उपविजेता १० लाख रुपैयाँ प्राप्त गर्नेछन्।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रधानमन्त्री कप महिला भलिबल चैत १० देखि
Next post रोमाञ्चक खेलमा बेन्जिमाको ह्याट्रिक, पिएसजीलाई हराउँदै रियल अन्तिम ८मा
Close