मनाङको अपराजित यात्रा कायमै, संकटामाथि सानदार जित

डिफेन्डिङ च्याम्पियन मनाङ मस्र्याङ्दी क्लबले शहीद स्मारक ए डिभिजन लिगको नवौं चरणमा शानदार जित निकाल्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । लिगमा अपराजित मनाङ एक्लो टिम हो ।

लिगमा अपराजित यात्रालाई कायमै राख्ने क्रममा मनाङले बुधबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा मनाङले संकटा क्लबमाथि ३–०को सानदार जित निकालेको हो ।

जितपछि पनि मनाङ तेसो स्थानमै रह्यो । लिगमा अपराजित रहेको मनाङले ५ जित र ४ बराबरी खेल्दै १९ अंक जोडेको छ । २० अंक जोडेको विभागीय टिम त्रिभुनव आर्मी क्लब शीर्ष स्थानमा छ भने १९ नै जोडेको मच्छिन्द्र दोस्रो स्थानमा छ । संकटा भने १२ अंकसहित ८औं स्थानमा छ ।

बुधबार भएको खेलमा मनाङलाई जित दिलान अञ्जन विष्ट र निशान लिम्बूलमा गोल गरे । अर्को गोल भने मनाङले उपहार स्वरुप पाएको थियो ।

मनाङले संकटाविरुद्ध पहिलो हाफमै २–०को अग्रता लिएको थियो । अमिता तामाङले अन्जनको हेडिङ क्लियर गर्ने क्रममा आफ्नै पोष्टमा गोल गरेपछि मनाङले अग्रता लिएको थियो । त्यसको १ मिनेट पनि नबित्दै अन्जनले गोल गर्दै मनाङको अग्रता दोब्बर बनाए ।

७१औं मिनेटमा डिबक्सबाहिरबाट उत्कृष्ट गोल गर्दै मनाङलाई ३–०को स्थितिमा पु¥याए । त्यसपछि खेलमा थप गोल नहुँदा मनाङ ३–०ले विजयी भयो ।

मनाङका खेलाडीले संकटाविरुद्धको गोल हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका बास्टेकबलका महान खेलाडी कोबी ब्रायन्टप्रति समर्पित गरेका थिए ।

मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले टिमले अहिलेसम्मकै उत्कृष्ट खेल खेलेको प्रतिक्रिया दिए । उपाधि रक्षाका लागि आगामी खेलहरुमा पनि यस्तै खेल प्रदर्शन गर्नु आवश्यक गरेको उनले बताए ।

यस्तै, संकटाका प्रशिक्षक विजय महर्जनले आत्मघाती गोल नै आफूहरुका लागि ‘ब्याडलक’ भएको बताए । उनले पहिलो हाफमा राम्रो प्रदर्शन गरेको र आत्मघाती गोलपछि खेल बिग्रिएको बताए । उनले अब ‘टप सिक्स’का लागि प्रतिस्पर्धा गर्ने बताए ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.