
सलाहलाई कोरोना संक्रमण
इंग्लिस क्लब लिभरपुलका इजिप्टका स्टार मोहम्मद सलाहलाई कोरोना संक्रमण पुष्टी भएको छ । अफ्रिकन कप अफ नेशन्सको छनोट अघि गरिएको कोरोना परीक्षणमा सलाहलाई कोरोना संक्रमण देखिएको हो ।
इजिप्टियन फुटबल एसोसिएसनले शुक्रबार सालाहलाई कोरोना पोजेटिभ भएको पुष्टी गरेको छ । तर उनलाई कुनै लक्षण नभएको संघले जनाएको छ । टिमका अन्य खेलाडीको भने नेगेटिभए रिपोर्ट आएको छ ।
इजिप्टले शनिबार टोगोसंग घरेलु मैदानमा खेल्दैछ भने मङ्गंगलबार टोगोको मैदानमा खेल्नेछ । सालाहा अब सेल्फ आयसोलेसनमा बस्नेछन् । उनले लिभरपुलका लागि आगामी दुई खेल गुमाउन सक्नेछन् । लिभरपुलले २२ नोभेम्बरमा प्रिमियरल लिग अन्तर्गत लेस्टर सिटीसंग खेल्नेछ भने २५ नोभेम्बरमा एटलान्टासंग च्याम्यन्स लिग खेल्नेछ ।