क्लब फुटबलफुटबल

साउदीबाट सलाहलाई ठूलो अफर, जालान् त साउदी?

यो समर ट्रान्फर विन्डोमा साउदी प्रो लिग सबैभन्दा बढी सक्रिय भएको छ। खेलाडी ट्रान्सफरमा ठूलो रकम खर्चिएको साउदी प्रो लिगले क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा, साडियो माने, रियाद महारेज, रुबेन नेभेस, कालिडोउ कोलिबाली, रोबर्टो फिर्मिन्होलगायत स्टार खेलाडीलाई अनुबन्धन गरेको छ।

लिगका थप प्रतिस्पर्धात्मक बनाउने साउदी प्रो लिगले अन्य स्टार खेलाडीहरुलाई भित्र्याउन प्रयास गरेको छ। उसले फ्रेन्च स्टार किलियन एम्बाप्पे, नापोलीका स्टार भिक्टर असिमेनदेखि लिभरपुल स्टार मोहम्मद सलाहसम्मलाई ठूलो रकमको अफर गरेको छ।

साउदीबाट लिभरपुल तथा इजिप्टका स्टार वार्षिक ७५ मिलियन पाउण्डको प्रस्ताव आएको छ। ३१ वर्षीय विंगर सलाहका लागि अल इत्तिहादले २ सिजनका लागि १५० मिलिनय पाउण्डको प्रस्ताव गरेको बताएको छ। साथै, सलाह भित्र्याउन अल इत्तिहाद लिभपुललाई ६० मिलिनय पाउण्ड पनि तिर्न तयार रहेको बताइएको छ।

तर, सलाहका एजेन्ट सामी अब्बस इसाले साउदीबाट ठूलो अफर आएपनि सलाह लिभरपुलमै बस्ने बताएका छन् । अहिले लिभरपुल छाड्ने योजना भएको भए सलाहले अघिल्लो सिजन सम्झौता नै नवीकरण नगर्ने उनले बताए।

सन् २०१७मा इटालियन क्लब रोमाबाट लिभरपुल आएका सलाहले ३०५ खेल खेल्दै १८६ गोल गरेका छन्। उनकै उत्कृष्ट प्रदर्शन मद्दतमा लिभरपुलले च्याम्पियन्स लिग, प्रिमियर लिग उपाधि जितेको छ।