मोफसलका नकटआउट फुटबलको तालिका सार्वजनिक, चैतमै ९ प्रतियोगिता

अखिल नेपाल फुटबल संघ एन्फाले मोफसलमा हुने विभिन्न नकआउट गोल्डकप फुटबल प्रतियोगिताको मिति सार्वजनिक गरेको छ । एन्फाको प्रतियोगिता विभागले बुधबार देशभर आयोजना हुने १४ गोल्डकप फुटबलको मिति सार्वजनिक गरेको हो ।

जस अनुसार चैतमा सर्वाधिक ९ प्रतियोतिगा आयोजना हुने छन् । जसअनुसार चैतमा आहा रारा गोल्डकप, विराट गोल्डकप, राजर्सी जनक गोल्डकप, महात्मा बुद्ध गोल्डकप, सिमरा गोल्डकप, बागेश्वरी गोल्डकप, भरौल गोल्डकप, लाटे विजयी खड्डी स्मृति कप र बागमति गोल्डकप छन्।

मोफसलकै चर्चित आहा रारा गोल्डकप चैत १७ देखि २८ गतेसम्म पोखरामा आयोजना हुँदैछ । यस्तै, विराट गोल्डकप चैत २६ देखि वैशाख ४ गतेसम्म हुने छ भने सिमरा गोल्डकप चैत २८ गतेदेखि वैशाख ८ गतेसम्म आयोजना हुने तालिका छ ।

यस्तो छ तालिका

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.