डच क्लब आयाक्सका विंगर मोहम्मद कुडुस प्रिमियर लिग क्लब वेस्टह्यममा आबद्ध भएका छन्। घानाका २३ वर्षीय विंगरलाई वेस्टहमले ४५ मिलियन युरोपमा अनुबन्धन गरेको हो।
कुडुसले वेस्टह्यामसँग ५ वर्षको सम्झौता गरेका छन्। अब उनी सन् २०२८ सम्म वेस्टहममा रहनेछन्। उनले शनिबार मेडिकल दिनेछन्।
कुडुसलाई भित्र्याउन अन्य दुई इंग्लिस क्लब आर्सनल र चेल्सीले पनि चासो देखाएका थिए।
आयाक्समा ४ सिजन बिताएका उनले कुल ८५ खेल खेल्दै २४ गोल गरेका छन्। त्यसअघि पनि उनले अघिल्लो सिजन मात्रै १८ गोल गरेका थिए। उनले घानाका लागि २४ खेलमा ७ गोल गरेका छन्।
कुडुसले आयाक्सका बिहीबार राति मात्र ह्याट्रिक गरेका थिए। उनले युरोपा लिग प्लेअफको खेलमा लुडोगोरेट्सविरुद्ध ह्याट्रिक गरेका थिए। सो खेल आयाक्सले ४–१ले जितेको थियो।