रोनाल्डो बचेको युभेन्टसले मोइस केन फर्कायो

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो बचेको इटालियन क्लब युभेन्टसले युवा स्ट्राइकर मोइस केनलाई अनुबन्धन गरेको छ। समर ट्रान्सफर विन्डोको अन्तिम दिन युभेन्टसले आफ्नै पूर्व स्ट्राइकर केनलाई भित्र्याएको हो।

युभेन्टसले इंग्लिस क्लब एभर्टनबाट केनलाई २ वर्षका लागि लोनमा अनुबन्धन गरेको हो । उसले एटर्भटनलाई ६ मिलियन युरो तिर्ने छ। दुई सिजनपछि युभेन्टसले केनलाई २८ मिलिनय युरोमा किन्न पनि सक्नेछ।

२१ वर्षीइ स्ट्राकर केनलाई युभेन्टसले लोनमा इंग्लिस क्लब एभर्टनबाट अनुबन्धन गरेको हो। युभेन्टले केनलाई सन् २०१९मा २७.५ मिलियन युरोमा एभर्टनलाई बेचेको थियो।

एभर्टनसँग ५ वर्षका सम्झौता गरेका केनले क्लबमा खासै खेल्ने अवसर पाएनन् । त्यसैले उनी अघिल्लो सिजन लोनमा पिएसजी पुगेका थिए । एभर्टनमा ३९ खेलमा ४ गोल मात्र गरेका केनले पिएसजीमा ४१ खेल खेल्दै १७ गोल गरेका थिए ।

केन सन् २०१० मा टोरिनोबाट युभेन्टसको युथ एकेडेमीमा आएका थिए । युथ टिममा ५ वर्ष बिताए पछि उनले सन् २०१६ मै सिनियर टिममा डेब्यू गरेका थिए। युभेन्टसका सिनियर टिमबाट उनले २१ खेल खेल्दै ८ गोल गरेका थिए ।

युभेन्टसमै हुँदा उनले एक सिजन लोनमा भेरोनाबाट पनि खेले। त्यहाँ उनले २० खेल खेल्दै ४ गोल गरेका थिए। सन् २०१८मै इटालीको राष्ट्रिय टिममा डेब्यू गरेका केनले ९ खेल खेल्दै २ गोल गरेका छन्।

Facebook Comments Box