लिग वानमा मोनाको सहज जित

फ्रेन्च लिग वानमा मोनाकोले सहज जित निकलोको छ । शुक्रबार राति भएको खेलमा मोनाकोले सेन्ट इटिनेमाथि उसकै मैदानमा ४–०को सहज जित निकाल्यो ।

मोनाकोको जितमा स्टेभन जोभाटिक, उरुलेन टिचोमी, सोफाने डिओप र केरपिन डियाटाले गोल गरेका थिए । मोनाकाले पहिलो हाफमा १ र दोस्रो हाफमा ३ गोल गरेको थियो।

१३ औं मिनेटमा जोभाटिकले गोल गर्दै मोनाकोलाई सुरुआती अग्रता दिलाएका थिए । पहिलो हाफ १–०मै सकियो । टिचोमीले गोल गर्दै ५४औं मिनेटमा मोनाकोको अग्रता दाब्बर बनाए ।

६४औं मिनेटमा डिओपले गोल गरेपछि मोनाकोले सेन्ट इटिनेविरुद्ध ३–०को अग्रता लियो । ७६औं मिनेटमा डियाटाले गोल गरेपछि मोनाकोले ४–०को सहज जित निकाल्यो ।

यो जितपछि मोनाको ५९ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। ६३ अंक जोडेको लिले शीर्ष स्थानमा छ भने समान ६० अंक जाडेका पिएसजी र ओलम्पिक लियोन क्रमशः दोस्रो र तेस्रो स्थानमा छन्। सेन्ट इटिने ३३ अंकका साथ १६औं स्थानमा छ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.