
राष्ट्रिय टिममा नवीनको डेब्यू, दर्शनलाई सुरुआतमै मौका
नेपाली राष्ट्रिय फुटबल टिममा डिफेन्डर नवीन गुरुङ डेब्यू गरेका छन् । केही समयपछि दशरथ रंगशालामा सुरु हुने मोरिससविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि घोषणा गरिएको सुरुआती ११मा परेसँगै डिफेन्डर नवीनले राष्ट्रिय टिमम डेब्यू गरेका हुन्।
सहिद स्माकर ए डिभिजन लिगमा न्युरोड टिम एनआरटीका लागि उत्कृष्ट प्रदर्शन गरेपछि प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले टिममा बोलाएका थिए।
यस्तै, प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले स्ट्राइकर दर्शन गुरुङलाई सुरुआतमै मौका दिएका छन्। दोस्रो खेलमा दर्शन अन्तिम समयमा मात्र टिमका हुन् । अलमुताइरीले दर्शनसँगै मनिष डाँगीलाई अनन्त तामाङ र अकाश बुढामगरको स्थानमा दोस्रोका लागि टिममा बोलाएका थिए ।
पहिलो खेलमा १–०को जित निकलोको नेपला दोस्रो खेलमा ४–३–३को अट्याकिङ रणनीतिमा मैदान उत्रने छ।
यस्तो छ मोरिसविरुद्धको टिम
किरण चेम्जोङ (गोलकिपर), दिनेश राजवंशी, देवेन्द्र तामाङ, सुजल श्रेष्ठ, नवीन गुरुङ (डिफेन्डर), एरिक विष्ट, तेज तामाङ र पुजन उपरकोटी (मिडफिल्डर), अञ्जन विष्ट, आशिष लामा र दर्शन गुरुङ (स्ट्राइकर) ।