नानी भन्छन्– रोनाल्डो सर्वकानिल महान खेलाडी हुन्

पोर्चुगिज स्ट्राइकर नानीले युभेन्ट्स स्टार क्रिस्टियानो रोनाल्डो फुटबल इतिहासका सर्वाकालिन महान खेलाडी भएको बताएका छन् । म्यान्चेस्टर युनाइटेडको पूर्व स्ट्राइकर नानीले एक अन्तर्वार्ताका क्रममा रोनाल्डो पेले र म्यारेडोनाभन्दा पनि उत्कृष्ट भएको बताएका हुन् ।

फुबटल इतिहासमा थुप्रै उत्कृष्ट खेलाडी भएपनि आफूले सहकर्मी रोनाल्डोलाई सबैभन्दा उत्कृष्ट र महान खेलाडी मान्ने नानीले बताएका छन् । नानी र रोनाल्डोले राष्ट्रिय टिमका साथै म्यानेस्टर युनाइटेडबाट पनि सँगै खेलेका छन् । उनीहरुले २००७ देखि २००९ सम्म युनाइटेडबाट सँगै खेलेका थिए ।

रोनाल्डोको सफलता र व्यक्तिगत तथ्यांका आधारमा पनि आफू उनलाई सर्वोत्कृष्ट खेलाडी मान्ने नानी बताउँछन् । ‘पेले र म्याराडोनाले विश्वकपसहित टिमबाट थुप्रै उपाधि जितेका छन्, रोनाल्डोले विश्वकप नजिते पनि व्यक्तिगत प्रदर्शनका आधारमा रोनाल्डो धेरै माथि छन्’, नानीले भने ।

पोर्चुगललाई युरोकप र युइएफए नेसनन्स जिताउन नायकको भूमिका खेलेका रोनाल्डोलाई आफूले फुटबल इतिहासकै सर्वकालीन महान खेलाडी मान्ने बताउँदै नानीले भने, ‘सबैका आ–आफ्ना धारण हुन सक्छन्, तर मेरा लागि रोनाल्डो नै सर्वकालीन महान् खेलाडी हुन् । मैले थुप्रै खेलाडी देखें । तर, म मेरा च्याम्पियन नेता खेलाडी र सहकर्मी रोनाल्डोलाई रोज्छु । उनीप्रति मेरो ठूलो विश्वास र सम्मान छ ।’

नानीले रोनाल्डो टिममा नभएको भए पोर्चुगलले युरोकप र नेसन्स कप दुवै नजित्ने बताए । ‘हामीले २०१६ मा युरो कप र त्यसपछि नेसन्स लिग जित्नुमा रोनाल्डोको सबैभन्दा ठूलो योगदान छ । ती उपाधि यात्रामा निर्णायक तत्व उनी नै थिए । उनी थिएनन् भने हामीसँग अहिले ती उपाधि पनि हुने थिएनन्’, नानीले भनेका छन्, ‘उनको अंक र तथ्यांकले कहिल्यै झुठो बोल्दैन । उनीसँग ९९ अन्तर्राष्ट्रिय गोल छ । सबैभन्दा बढी ह्याट्रिक छ । त्यो पनि उनी सर्वोत्कृष्ट छन भन्ने प्रमाण हो ।’

३५ वर्षको उमेरमा पनि उत्तिकै लयमा रहेका रोल्डोनले देशलाई अझै उपाधि दिलाउने आफू विश्वस्त रहेको उनले बताएका छन् । ‘तपाईं पर्खनुस मात्र, रोनाल्डोले अझै अन्तर्राष्ट्रिय उपाधि जित्ने छन् र पुनः अफूलाई प्रमाणित गर्ने छन् । त्यसमा मलाई कुनै शंका छैन,’ नानीले भने ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.