स्टार खेलाडीले भरिएको पिएसजी नान्टेससँग पराजित, नेमारले चुकाए पेनाल्टी

Read Time:2 Minute

पिएसजी फ्रेन्च लिग वानमा पराजित भएको छ। ब्राजिलियन स्टार नेमारले पेनाल्टी चुकाएको खेलमा पिएसजी नान्टेसको मैदानमा ३–१ ले स्तब्ध बनेको हो।

पिएसजीलाई स्तब्ध पार्न नान्टेसका रान्डल कोलो मुएनी, क्विन्टिन मेर्लिन र लुडोभिक ब्लासले गोल गरे भने पिएसजीका नेयमारले गोल फर्काएका थिए।

नान्टेसमा शनिबार राति सम्पन्न खेलमा घरेलु टोलीले खेलको चौथो मिनेटमा नै रान्डल कोलो मुएनीको गोलबाट अग्रता लिएको थियो। खेलको १६औं मिनेटमा क्विन्टिन मेर्लिनले गोल गर्दै नान्टेसको अग्रता दोब्बर पारे। उनले ओस्मन बुकारीको पासमा गोल गरेका थिए।

लुडोभिक ब्लासले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको छैटौं मिनेटमा पेनाल्टीमार्फत गोल गरेपछि पिएसजी पहिलो हाफमै ३–० ले पछि परेको थियो।

खेलको ४७औं मिनेटमा नेयमारले गोल गर्दै पिएसजीलाई खेलमा फर्कने संकेत दिए। उनले लियोनेल मेस्सीको पासमा गोल गर्न सफल भएका थिए। ५९औं मिनेटमा नेयमार पेनाल्टीमा चुके।

गोलरक्षक एल्वान लाफन्टसँग वन अन वनको स्थितिमा रहँदा डिफेन्डर डेनिस एपिअले केलियन एमबाप्पेमाथि फउल गरेपछि रेफ्रीले पिएसजीलाई पेनाल्टी प्रदान गरेको थियो। त्यसपछि थप गोल निस्कन नसक्दा पिएसजी स्तब्ध हुन पुग्यो।

यो हारसँगै २५ खेलबाट ५९ अंक जोडेको पिएसजी शीर्षस्थानमै रहेको छ। पिएसजीलाई हराएको नान्टेस २५ खेलबाट ३८ अंक जोडेर पाँचौ स्थानमा उक्लिएको छ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post प्रिमियर लिग : लिभरपुल, चेल्सी र आर्सनल विजयी
Next post जवलाखेलको जितले दबाबमा पुलिस, फ्रेन्ड्स र ब्रिगेड बोइज
Close