२ दशकपछि नान्ट्सले जित्यो फ्रेन्च लिग कप

Read Time:1 Minute

नान्ट्सले २२ वर्षपछि फ्रेन्च कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा नाइसलाई १(० ले पराजित गर्दै नान्ट्सले उपाधि जितेको हो ।

स्टेड ड फ्रान्समा भएको अखेलमा नान्ट्सका लागि लुडोभिच ब्लासले ४७औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । नाइसका हिचाम बाउडाउइले पेनाल्टी एरियामा बल ह्याण्ड गरेपछि प्राप्त पेनाल्टीमा ब्लासले गोल गरे । त्यसपछि नाइसले बराबरी गर्ने अवसर पाएपनि सदुपयोग गर्न सकेन ।

यसअघि नान्ट्सले २००० मा कप उपाधि जितेको थियो । समग्रमा भने नान्ट्सले चौथो पटक फ्रेन्च कपको उपाधि जितेको हो ।
नान्ट्सले सन् २००१ मा फ्रेन्च लिग वानको उपाधि जितेपछि पहिलो पटक ठूलो उपाधि जितेको हो ।

यसको अर्थ नान्ट्सले अर्को सिजनको युरोपा लिगमा समेत स्थान पक्का गरेको छ । नान्ट्स २० वरष्पछि युरोपको मुख्य प्रतियोगितामा समेत फर्केको छ ।

फ्रेन्च कपमा सन् २०१४ पछि पेरिस सेन्ट जर्मेन फाइनल नपुगेको यो पहिलो पटक हो ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %
Previous post बेटिसमाथि बार्सिलोनाको जित, च्याम्पियन्स लिगमा स्थान पक्का
Next post मड्रिड डर्बीमा एट्लेटिकोसँग हार्‍यो रियल
Close