सिरि ए नापोलीको लागतार पाँचौं जित, रोमाले उडिनेसलाई हरायो

इटालियन सिरि एमा नापोली र एएस रोमा विजयी भएका छन्। बिहीबार राति भएको खेलमा नापोलीले साम्पडोरियालाई ४–०ले हराउँदा नापोलीले उडिनेसमाथि १–०को जित निकाल्यो।

नापोलीको जितमा भिक्टर ओसिहेनले २ तथा फाबियन रुइज र पिओटर जिलेस्कीले एक गोल गरे । नापोलीले दुवै हाफमा समान २ गोल गरेको थियो।

१०औं मिनेटमा ओसिहेनको गोलमा नापोलीले सुरुआती अग्रता लियो। ३९औं मिनेटमा रुइजले नापोलीको अग्रता दोब्बर बनाए । त्यसपछि ५०हअ‍ैं मिनेटमा ओसिहेन र ५९औं मिनेटमा जिलेस्कीले गोल गरेपछि नापोली ४–०ले विजयी भयो।

सिरि एमा नापोलीको यो लगातार पाँचौं जित हो। सिरि एमा सुरुआती पाँच खेल जित्ने नापोली एक्लो टिम हो।

यसैगरी जोसे माउरिन्होको टिम रोमा पनि विजयी भएको छ । उडिनेसविरुद्ध रोमालाई जित दिलाउन टमी अब्राहमले निर्णयक गोल गरे । उनले ३६औं मिनेटमा गोल गरेका थिए । खेलको अन्त्यमा भने रोमा १० खेलाडीमा समेटिएको थियो। ८९औं मिनेटमा लोरन्जो पेलेग्रिनीले रातो कार्ड पाएका थिए।

Facebook Comments Box