
सिरि एमा युभेन्टसमाथि नापोलीको सानदार जित
इटालियन सिरि एमा शीर्ष स्थानको नापोलीले सानदार जित निकालेको छ। शुक्रबार राति भएको खेलमा नापोलीले घरेलु मैदानमा युभेन्ट्समाथि ५–१को जित निकाल्यो।
नापोलीको सानदार जितमा भिक्टर ओसिमेनले २ गोल गर्दा अमीर रहमानी, ख्रिचा काभाराच्कैया, इल्फ इल्मसले गोल गरेका थिए। यता, युभेन्ट्सका एन्जेल डिमारियाले गोल गरेका थिए।
१४औं मिनेटमा ओसिमेनको गोलमा नापोलीले अग्रता लियो । ३९औं मिनेटमा काभाराच्कैयाले नापोलीको अग्रता दोब्बर बनाए। ४२औं मिनेटमा डि मारियाले गोल गरेपछि पहिलो हाफ २–१मा सकियो।
पहिलो हाफमा २–१को अग्रता लिएको नापोलीले दोस्रो हाफमा थप ३ गोल गरेको थियो। उसका लागि ५५औं मिनेटमा रहमानी, ६५औं मिनेटमा ओसिमेन र ७२औं मिनेटमा इल्मसले गोल गरेका थिए।
यो जितसँगै नापोलीले शीर्ष स्थानमा १० अंकको फराकिलो अग्रता बनाएको छ। उसले १८ खेलमा ४७ अंक जोडेको छ भने एक खेल कम खेलेको एसी मिलानको १७ खेलमा ३७ अंक छ। युभेन्ट्स भने पराजित भएपनि ३७ अंक नै जोड्दै तेस्रो स्थानमा उक्लिएको छ।