कोपा इटालिया : डिबाला र डानिलो पेनाल्टीमा चुके, युभेन्ट्सलाई हराउँदै नापोली च्याम्यिन

चीरपचित प्रतिद्वन्द्वी युभेन्ट्सलाई पराजित गर्दै नापोलीले पुरानो फुटबल प्रतियोगिता कोपा इटालियको उपाधि जितेको छ । बधुबार राति ओलम्पिक रंगशालामा भएको खेलमा नापोलीले युभेन्ट्सलाई पेनाल्टी सुटआउटमा ४–२ले हरायो ।

पाउलो डिबाला र डानिलो पेनाल्टीमा चुक्दा युभेन्ट्स भने सिजनको पहिलो उपाधिबाट बञ्चित भयो । डिबालबाको प्रहार नापोलीको किपरले बचाउँदा डानिलोको प्रहार आकासिएको थियो । उसका लियोनार्दो बोनुची र अरोन राम्सेले भने गोल गरे । नापोलीकालोरेन्जो इन्सिग्ने, म्याटियो पोलीटानो, म्याक्सीमोभिच र मिलिकले गोल गरेका थिए ।

निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल टाइब्रेकरमा गएको थियो । खेलेपछि टाइब्रेकरबाट खेलको टुंगो लागेको हो। निर्धारित समयमा दुवै टिमले केही राम्रा अवसर खेर फालेका थिए ।

युभेन्ट्सले लगतार दुई प्रतियोगिताको फाइलन गुमायो । साउदी अबरमा भएको सुपरकोपाको फाइलनमा पनि युभेन्ट्स नापोलीसँग ३–१ले पराजित भएको थियो । यो पराजयपछि रोनाल्डोको नाममा खराब रेकर्ड बन्यो । रोनाल्डोले क्लब फुटबलमा लागतार दुई फाइनलमा गुमाएको यो पहिलो अवसर हो ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published.