सिरि एमा मिलान र नापोलीले खेले बराबरी

इटालियन सिरि एमा एसी मिलान र नापोलीले बराबरी खेलेका छन् । आइतबार राति नापोलीको मैदानमा भएको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

खेलमा नापोलीका गोलोभिन डी लोरेन्जो र ड्रिज मर्टिन्सले गोल गरेका थिए भने एसी मिलानका थियो हर्नान्डेस र फ्र्यांक केसीले गोल गरेका थिए । खेलमा दुवै हाफमा समान २ गोल भएको थियो ।

खेलमा अग्रता मिलान लिएको थियो । २०औं मिनेटमा हर्नान्डेजले गोल गर्दै मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए, तर ३०औं मिनेटमा लोरेन्जोले गोल गर्दै खेललाई बराबरीमा ल्याए । पहिलो हाफ १–१गोलको बराबरीमै सकियो ।

६०औं मिनेटमा मर्टिन्सले गोल गर्दै नापोलीलाई खेलमा पहिलो पटक अग्रता दिलाए । ७३औं मिनेटमा मिलानले खेललाई बराबरीमा ल्यायो । जिआकोमो बोनाभेन्टुरलाई डिबक्समा लगाडएपछि प्राप्त पेनाल्टीमा केसीले गोल गरेका थिए । खेलको अन्त्य मिलाने १० खेलाडीमा रहेर ग¥यो । उसका एलेक्स साइलेमइकर्स ८७औं मिनेटमा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएका थिए ।

बारबरीपछि ६२अंकका साथ नापोली छैठौं स्थानमा छ भने ५० अंक जोडेको मिलान सातौं स्थानमा छ । सिरि एमा ७६ अंकका साथ युभेन्ट्स शीर्ष स्थानमा छ ।

सिरि एअन्तर्गत आइतबार राति नै भएका अन्य खेलमा साम्पाडेरियाले उडिनेसलाई ३–१ले पराजित गर्दा लेसे र काग्लिअरीले गोलरहित बराबरी खेले भने फियोरेन्टिना र भेरोनाले १–१ गोलको बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

CLICK HERE TO SKIP