मैदानमै ढले गोलकिपर ओस्पिना

इटालियन क्लब नेपोलीका कोलम्बियन गोलकिपर डेभिड ओस्पिना खेलका क्रममा दौरानमै बेहोस भएका छन् ।

इटालियन सिरी एमा उडिनेसविरुद्ध आइतबार राति भएको खेलक्रममा ओस्पिना पहिलो हाफको अन्त्यतिर बेहोस हुँदै मैदानमै लडेका थिए । त्यसपछि उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको थियो ।

ओस्पिना खेलको सुरुवातमै उडिनेसका खेलाडीसँग जुधेर घाइते भएका थिए । खेलको सातौं मिनेटमा उडिनेसका पुसेटोसँग जुध्दा उनको टाउकोमा चोट लागेको थियो । त्यसपछि ओस्पिनाले टाउकोमा पट्टी बाँधेर खेलेका थिए ।

टाउकोमा लागेको चोटकै कारण आस्पिना बेहोस भएको बताइएको छ । उनी अहिले खतरामुक्त अस्पताल स्रोतले बताइएको छ । ओस्पिना यसै सिजन इंग्लिस क्लब आर्सनलबाट लोनमा नेपोली आएका थिए ।

खेल भने नेपोलीले ४–२ ले जित्यो । यो जितपछि नेपोलीले ६० अंकका साथ सिरी एको दोस्रो स्थानमा छ । ७५ अंकका साथ युभेन्टस शीर्ष स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *