साफ उपविजेता फुटबल टिमलाई सरकारको सम्मान

पहिलो पटक साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपविजेता बनेको नेपाली फुटबल टोलीलाई सरकारले सम्मान गरेको छ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा एक कार्यक्रम आयोजना गर्दै प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वघोषणा अनुसार साफ उपविजेता खेलाडीलाई जनही पाँच लाख रुपैयाँसहित सम्मान गरे।

कात्तिकमै सरकारले साफ उपविजेता टोलीलाई नगदसहित सम्मान गर्ने निर्णय गरेको थियो। जसअनुसार खेलाडीलाई जनही ५ लाख, ३ प्रशिक्षकलाई जनही ३ लाख रुपैयाँ र अफिसियललाई प्रमाणपत्रसहित सम्मान गरिएको हो।

गत कात्तिकमा माल्दिभ्समा भएको साफ च्याम्पियनसिपमा नेपाली टिम उपविजेता बनेको छ। पहिलोट फाइनल खेलेको नेपाली टिम भारतसँग ३–० ले पराजित हुँदै उपविजेता बनेको थियो।

Facebook Comments Box